जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

सुवास रेग्मीविरुद्ध अदालतमा मुद्दा दर्ता, ५ वर्ष कैद सजायको माग

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
सुवास रेग्मीविरुद्ध अदालतमा मुद्दा दर्ता, ५ वर्ष कैद सजायको माग

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई पाँच वर्ष कैद सजायको माग गर्दै शुक्रबार अदालतमा मुद्दा दायर गरेको छ । रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ ९१० बमोजिम सजाय माग्दै सरकारी वकिलले अभियोगपत्र दर्ता गरेको हो ।
उक्त मुद्दामा दोषी ठहर भए एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । गीतकार महेश आचार्यको उजुरीको आधारमा फागुन ८ गते थाइल्याण्डबाट नेपाल आउँदै गरेको बेला रेग्मीलाई प्रहरीको साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले अदालतबाट म्याद थप समेत गरेको छ ।
सामाजिक सञ्जालमा चरित्रहत्या हुनेगरी निकृष्ट गालीगलौज गरेको भन्दै आचार्यले उजुरी दिएका थिए । उनको उजुरीमाथि गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, संगीतकर्मी संघ, संगीत उद्योग संघ र प्रस्तोता समाजले संयुक्त विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन् । रेग्मीको उक्त कार्यले सांगीतिक क्षेत्र दुःखी भएको समेत उनीहरुले उल्लेख गरेका छन् ।अनलाईन खबरबाट

TOP