जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

कोरोना सङ्क्रमणबाट सूर्योदयमा एक जनाको मृत्यु

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
कोरोना सङ्क्रमणबाट सूर्योदयमा एक जनाको मृत्यु

फिक्कल: कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको हो। पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थियो।

महाशाखाको तथ्याङ्क अनुसार २४ घण्टामा सात जनामा कोरोना पुष्टि भएको मध्ये एक जना सङ्क्रमितको मृत्यु भएको हो । नेपालमा पुस यता २५ जिल्लाबाट १८७ जनामा कोरोना पुष्टि भएका छन्। कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १४७, कोशी प्रदेशमा सात, मधेश प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन र सुदुरपश्चिम प्रदेशमा २१ जना छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न नयाँ सबभेरिएन्ट पुष्टि भएका छन्।

उहाँ भन्नुहुन्छ, “नेपालमा हाल ओमिक्रोनको नयाँ पुस्ता पुष्टि हुने क्रम जारी छ । हाल सात वटा लिनेज एक्सएफजी, तीन वटामा एक्सएफजी तीन, एउटामा एक्सएफजी ३।१ र दुई वटामा जेएन १ पुष्टि भएको परीक्षणले देखाएको छ ।”

विशेषगरी भारतबाट फर्कनेमा सीमा नाकामा रहेका हेल्थ डेक्समा आरडिटी परीक्षण गर्दा कोरोना पुष्टि हुने क्रममा बढ्दो रहेको डा। बुढाथोकीको भनाइ छ ।

ओमिक्रोनको सब भेरिएन्ट कोभिड–१९ गराउने सार्स कोभ–२ भाइरसको ओमिक्रोनको विकासित रूप हुन्। भाइरस लगातार अनुवंशिक पमा परिवर्तन भइरहन्छ । यस्ता भेरिएन्टले छुट्टै विशेषता देखाउने गर्छ ।गोरखापत्र अनलाईन

TOP