फिक्कल: इलामको सूर्योदय नगरपालिकामा आजबाट भूमि ब्यवस्थापन तथा भूमी प्रशासन सेवा शुरु भएको छ ।सेवा शुरु भए संगै सूर्योदयका नागरिकले अब इलाम भूमी तथा मालपोत सेवा लिन इलाम सदरमुकाम जान नपर्ने भएको छ हो ।
सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालको अध्यक्षता तथा इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य निश्किल राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सांसद राई र कार्यबहाक नगरप्रमुख बरालले कार्यलयको औपचारीक रुपमा उद्घाटन गर्नु भयो । हाल कार्यलयमा भुमि प्रशासन अधिकृत सुवर्ण ढकालको नेतृत्वमा ६ जना र नापी अधिकृत सागर सिहंको नेतृत्वमा ३ जना कर्मचारी रहनु भएको छ ।
कार्यक्रममा नेपाली काग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका प्रतिनिधि सभा सदस्य राईले भूमि प्रशासन सेवा सूचारु हुनु आफैमा महत्वपूर्ण कार्य भएको भन्दै अब यस क्षेत्रका जनतालाई भूसेवा, मालपोत सेवा लिन इलाम सदरमुकाम जान नपर्ने भए पछि नागरिकको समय र खर्च दुबै बचत हुने बताउनु भयो । उहाले तीन तहका सरकार बिच अझै समन्वयको अभाव रहेको र एक अर्कामा अस्थित्व स्र्वीकार गर्न नसकेको बताउनु भयो ।
सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालले भुमि प्रशासन सेवा सुचारु गर्ने यो चरण सम्म आईपुग्न साथ दिने सबैलाई धन्यवाद दिनुहुदै अहिले सबै कर्मचारीको ब्यवस्थापन लगायतको जिम्मेवारी सूर्योदय नगरपालिकाले नै गर्नु पर्ने अवस्था आएको र यसबाट बार्षिक करिव डेड करोड रुपैया खर्च हुने जानकारी दिनु भयो । यो खर्चभार नगरमा आउदा विकासका अरु कार्यमा असर पर्ने त हैन भन्ने चिन्ता लागेको भएपनि यो सेवा नगरमा आउदा यसबाट नगरबासीलाई हुने फाईदा तथा विकासका अरु आयमलार्ई हेर्ने हो भने आजको दिन अत्यन्तै खुसीको क्षण भएको बताउनु भयो । उक्त शाखालाई थप ब्यवस्थित बनाउन कर्मचारी आवश्यक सामग्री सबैको ब्यवस्थापनमा राज्यले ध्यान दिनु पर्नेमा उहाँले जोड दिनु भयो ।
इलामका भूमि प्रशासन अधिकृत सुनिल उप्रेतिले सूर्योदय नगरपालिकामै भूमि प्रशासन कार्यलय (मालपोत र नापी) कार्यालय स्थापान हुनु नगरबासीका लागि अत्यन्तै ठुलो उपलब्धी भएको बताउदै काममा कुनै समस्या भए जिल्ला स्थित कार्यलयले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा संविधान सभा सदस्य टिकाराम सुब्बा, सूर्यवाला राई , पूर्व नगर उपप्रमुख दुर्गादेवि भट्टराई , रास्वपा सूर्योदय नगर सभापति गंगा बहादुर महत लगायतले आफनो बिचार राख्दै नयाँ कामको प्रशसा तथा खवरदारी गर्नु भयो ।
नगरपालिकाका अधिकृत इश्वरी अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रम कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख लुना खतिवडाले कार्यक्रम र सेवाबारे जानकारी गराउनु भएको थियो । आजै स्थानिय ख्याम प्रसाद घिमिरेको नाममा जग्गा नामसारी गर्दै सेवालाई औपचारीक रुपमा सुरुवात गरिएको छ । यस अघि इलामको चुलाचुली गाउँपालिकाले उक्त सेवा पालिकाबाट शुरु गरेको थियो । अन्य पालिका समेत उक्त सेवा संचालनका लागि प्रक्रियामा रहेको बुझिएको छ ।
