फिक्कल: भन्छन् “युवाहरूलाई राजनीतिक दाउपेचका आधारमा काम गर्ने अवसरवाट नरोकौ” विद्यार्थी राजनितिको सेरोफेरोबाट उदाएका सन्जिब ढकाल नेपाली काङ्ग्रेसको राजनितीमा मात्रै नभई नेपालको विद्यार्थी आन्दोलनमा एउटा छुट्टै परिचय बनाएका इलामका युवा नेता हुन् ।
इलाम जिल्लाको उत्तरी ग्रामिण भेगमा सामान्य परिवारमा जन्मिएका सन्जिब १२ कक्षा सम्मको अध्ययन पछि राजधानी काठमाडौ स्नातक आध्ययन गर्न गएका हुन् । उनी सानौ उमेर देखि नै समाजसेवा र राजनीतिमा रुचि राख्दथे । २०६१ सालमा आफुले अध्ययन गर्ने प्याङ माबिमा नेपाल विद्यार्थी संघ प्रथम इकाई अध्यक्ष बनेका ढकाल जिल्ला क्षेत्र हुँदै राजधानी काठमाडौको रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपाल विद्यार्थी सघको इकाई अध्यक्ष भएर लामो समय काम गरेका व्याक्ति हुन् ।
त्यस बखत तत्कालिन बाम गठबन्धन केपी ओली सरकारको पालामा मुल्य वृद्धि भ्रष्टाचार अनियमितता विरूद्धको आन्दोलनमा सक्त घाइते भएका व्याक्ती हुन ढकाल । बाम गठबन्धनको सरकारको पालामा दर्जनौ पटक गिरफ्तारमा परेका सन्जिब राजधानीको क्याम्पस विद्यार्थी आन्दोलनमा सडकको बाघको उपनामले पनि चिन्न सकिन्छ ।
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा लोकप्रिय मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित ढकाल यस पटक पनि खस आर्य तर्फबाट नेपाली काङ्ग्रेस इलाम क्षेत्र न १ को महाधिवेशन प्रतिनिधिको उम्मेद्बारी घोषणा गरेका छन् । ढकाल इलाम काङ्ग्रेसमा एक योग्य बौद्धक युवा नेताको रुपमा चिनिन्छन राजनिती शास्त्र र समाज शास्त्रमा स्नातकोत्तर गरेका उनी अहिले कानुनका विद्यार्थी पनि हुन । केही क्षेत्रीय प्रतिनिधिका अनुसार यस्ता युवा नेतृत्वहरुलाइ गुट उपगुटका आधारमा छुटाउन नहुने पात्र हुन । जस्लाइ हामीले चुनेर पठाउन पर्छ भोलि गएर यस्ता सक्षम युवाले जिल्लालाई देश भर चिनाउन र काम गर्न सक्ने दाबी गर्दछन् । हाल रसुवा धादिङमा गएको बाढी पिडिहरुको लागि पनि नेपाल तरुण दलबाट स्थल मै खटिएर काम गरेर आएका ढकाल राजनितिमा र पार्टीमा देखिएका विकृति अन्त गर्न युवाहरुले राजनितीबाट भागेर होइन बुझेर राजनितिक नेतृत्व सुधार गर्दै देश विकाश गर्न राजनितिमा आएको बताउछन् । उनी भन्छन सक्षम मान्छे राजनितिक नेतृत्वमा न आउदा आयोग्य व्याक्तिहरुले शासन गर्दा देशमा राजनीतिक अस्थिरता पैदा भएको हो । उनी भन्छन सक्षम युवाहरुलाइ पार्टीले समेटेर आवसर दिनु पर्छ । देश बनाउने सपना बोकेर आएको युवा राजनीतिक दाउ पेचका आधारमा नेतृत्वमा आउन रोकिनु भनेको सयौ युवाहरुको राजनीति प्रतिको चासो र सोचाइ बदलिनु हो । त्यसैले अब देशलाइ लयमा अगाडि बढाउन हामी जस्ता युवाको खाचो देखिन्छ । उनी भन्छन समग्र इलाम क्षेत्र न १ का क्षेत्रिय प्रतिनिधिले बिबेकको मत जाएर गरेर सफल नेतृत्व चुन्दै आफुलाइ पनि मत दिएर बिजयी गराउन अनुरोध गर्दछन । ढकाल प्रस्ट र आफना कुरा जहा पनि राख्न सक्ने युवाको रुपमा स्थापित भैसकेका छन । पार्टीको केन्द्रिय राजनीतिमा समेत पहुँच भएका ढकाल जिल्ला र केन्द्रको सम्बन्ध बिस्तारमा समेत कांग्रेस भित्र आवश्यक पात्र मानिन्छन ।

