जीवनशैली झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी युवतीको मृत्यु पालिका विशेष इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा शुरु जीवनशैली श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम अर्थ वाणिज्य फिक्कल र इलाममा संचालित  हाउजी खेल पुनः संचालन गर्न स्थानीयको माग ,६५ वर्ष पुरानो परम्परा संरक्षण गरिनु पर्ने खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन
Hamropalika menu advertisement

झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी युवतीको मृत्यु

  • प्रकाशित मितिः November 5, 2026
  • हाम्रो पालिका
झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी  युवतीको मृत्यु

फिक्कल: झापाको कमल गाउँपालिका–३ शहिदगेटस्थित पूर्वपश्चिम राजमार्गमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
हिजो साँझ ६ः२० बजे झिलझिलेबाट केर्खातर्फ जाँदै गरेको दमक–९ स्थित सप्तश्री एकेडेमीको मे १ क ६३८ नम्बरको स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.नं. १–०१–०१८ प ४८८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो
बसको ठक्करबाट अनियन्त्रित भएको मोटरसाइकल उछिट्टिएर दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र.नं. १–०१–००१ ख ३५५४ नम्बरको ट्रकमा ठोक्किएको थियो सो क्रममा मोटरसाइकल ट्रकको दाहिने तर्फको चक्कामा परेपछि दुर्घटना भएको हो
दुर्घटनामा मोटरसाइकल चालक इलाम–८, मसार निवासी २७ वर्षीय पञ्चबहादुर लिम्बू घाइते भएका छन् भने मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी २१ वर्षीया माङकुमारी लिम्बूको टाउकोमा गम्भीर चोट लागेको थियो उनलाई उपचारका लागि दमक अस्पताल पठाइएकोमा चिकित्सकले परीक्षण गर्दा मृत घोषणा गरेका थिए॥

TOP