प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक

  • प्रकाशित मितिः October 6, 2026
  • हाम्रो पालिका
हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक

इलामः हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सूर्योदय नगरपालिका ८ स्थित विश्व होटलमा सोमबार साँझ बिमोचन समारोह आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

स्थानीय गायक सन्तोस शिवाको गायन तथा रचना रहेको उक्त गीत पर्यटकीय गन्तव्य कन्याममा छायांकन गरिएको छ । भिडियोमा कलाकार विक्रम सुन्दास र विद्या शिवाले अभिनय गर्नुभएको छ ।

एचकेआर प्रोडक्सन हाउस फिक्कलले उत्पादन गरेको भिडियो विमोचन समारोहका प्रमुख अतिथि वडा नं ७ का वडाध्यक्ष लोक बहादुर चाम्लिले स्थानीय सरकारले कला, संगित र साहित्यलाई प्रवर्धन गर्न लगानी गरिरहेपनि अपुग भएको बताउनुभयो ।

विशेष अतिथि नगरपालिकाको पूर्व नगरउपप्रुख दुर्गादेवी भट्टराईले स्थानीयस्तरको कलालाई प्रवर्धन गर्न जरुरी रहने बताउनुभयो । कलाकार पुजन प्रधानले कला क्षेत्रले समाजलाई सकारात्मक उर्जा दिईने भएकाले कलाको सम्मान गर्ने संस्कार विकास हुन आवश्यक रहेको बताउनुभयो ।पहिलो पटक अभिनय गरेका कलाकारको क्षमता प्रशसंनीय देखिएको छ ।

TOP