फिक्कल: इलामको कन्याम चियाबारीमा इलाम जिल्ला स्तरीय साइकलिङ खेलाडी छनौटका लागि साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ ।१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि साइकलिङ खेलाडी छनौट कार्यक्रम अन्र्तगत कन्याममा मंगलबार साइकल दौड प्रतियोगिता आयोजना गरिएको हो ।
जिल्ला खेलकुद बिकास समिति इलामको आयोजना तथा जिल्ला साइकल संघ इलामको संयोजनमा सम्पन्न प्रतियोगितामा एक दर्जन खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताबाट कोशी प्रदेश स्तरीय १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि टाइसन राई, प्रनुप कट्टेल, अनिल ढकाल, अयुष ढकाल, केशीका राई र प्रयास प्रधान छनौटमा पर्नु भएको जिल्ला साईकल संघ इलामका अध्यक्ष युवराज बस्नेतले जानकारी दिनु भयो ।इलाममा केहि दिन अघि मात्र जिल्ला साईकल संघ दर्ता भएको थियो ।
छनोट कार्यक्रम अन्तर्गत खेलाडीले कन्याम चियाबारीको तीन किलोमिटरको साइकल ट्रेल पूरा गर्दै आफ्नो खेलकौशल प्रदर्शन गर्नु भएको थियो । सूर्योदय नगरपालिकाले कन्याममा सूर्योदय साइकल ट्रेल निर्माण गरेको छ ।
छनौट कार्यक्रममा खेलाडी छनौट समितिका संयोजक तारा राईले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि छनौट भएका खेलाडीले आफनौ कौशलता प्रदेश र केन्द्रिय स्तरका प्रतियोगितामा देखाउनु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं.६ का वडाध्यक्ष शिबकुमार बस्नेत, वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामा, जिल्ला खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराई लगायत स्थाीय जनप्रतिनिधि, पर्यटन तथा होटल ब्यवसायी सहित सरोकारवालाको सहभागिता थियो । जिल्ला साईकल संघका सचिव सरण फागोले खेल कौशलता मार्फत इलामको पर्यटन प्रवर्धनमा समेत साइकलिङले महत्वपूर्ण भूमीका खेल्ने बताउनु भयो ।