जीवनशैली रोङ गाउँपालिकामा पूर्ण अपांगता भएका ब्यक्ति र बिपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा पालिका विशेष दल त्यागेका माङसेबुङ उपाध्यक्ष नेम्बाङ र सन्दकपुर ४ वडाध्यक्ष गुरुङको पद गयो जीवनशैली नेपालको अस्तित्व,राष्ट्रियता र मौलिक पहिचानका लागि ‘हर्कवाद’ अध्यक्ष साम्पाङ जीवनशैली फिक्कलमा हाउजीबाट १६ लाख बचत, खेल मैदान निर्माणले गति लिने जीवनशैली झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी युवतीको मृत्यु पालिका विशेष इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा शुरु जीवनशैली श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम अर्थ वाणिज्य फिक्कल र इलाममा संचालित  हाउजी खेल पुनः संचालन गर्न स्थानीयको माग ,६५ वर्ष पुरानो परम्परा संरक्षण गरिनु पर्ने खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न
Hamropalika menu advertisement

रोङ गाउँपालिकामा पूर्ण अपांगता भएका ब्यक्ति र बिपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

  • प्रकाशित मितिः November 26, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकामा पूर्ण अपांगता भएका ब्यक्ति र बिपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

इलामः इलामको रोङ गाउँपालिकाले स्थानीय नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।ग्रामिण क्षेत्रमा रहेका स्थानीय नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित पालिका भित्रका पूर्ण अपांगता भएका ब्यक्ति र बिपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको हो ।
गैरआवासीय सलकपुर समाज रोङ ६ नामक गैरसरकारी संस्थाको एम्बुलेन्स गाउँपालिकालाई संचालन गर्ने गरी हस्तान्तरण गरेपछि तत्काल एउटा एम्बुलेन्स सेवा संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । अध्यक्ष स्याङबोका अनुसार गाउपालिकाले थप एउटा एम्बुलेन्स खरिद योजना बनाएको छ । दुईवटा एम्बुलेन्स संचालन गर्दा गाउँपालिकाका नागरिकलाई थप सहज हुने भएकाले आगामी दिनमा गाउँपालिकाले अर्को एम्बुलेन्स खरिद गर्ने भएको हो ।
अध्यक्ष स्याङबोका अनुसार पहिलो चरणमा रोङ गाउँपालिका भित्रका पूर्ण अपंगता भएका ब्यक्ति र बिपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने तयारी भैइरहेको छ । अध्यक्ष स्याङबोले भन्नु भयो‘हामी केहि कानुनी प्रक्रिया मिलाउदै छौ, कानुनी प्रक्रिया र मापदण्ड पुरा गरेर पहिलो चरणमा लक्षित समुहका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालनको तयारीमा छौ।’
सेवा लिन सम्बन्धित टोल विकास संस्थाको सिफारिस अनिवार्य गरिनेछ। टोल बिकास सस्थाको आयोजनामा भएको श्रमदानको सहभागिताको आधारमा सस्थाले एम्बुलेन्स निःशुल्क प्रयोगको सिफारिस गर्ने गाउँपालिकाले योजना बनाएको छ।
अध्यक्ष स्याङ्बोका अनुसार एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिकाले आवश्यक कार्यविधि समेत तयार गरिरहेको छ । रोङगाउँपालिका सबै नागरिकलाई सेवा दिनको लागि एम्बुलेन्स थप गर्नु पर्ने आवश्यकता भएकाले थप अर्को नयाँ एम्बुलेन्स खरिद गर्ने योजना समेत अघि बढाएको जानकारी अध्यक्ष स्याङ्गबोले दिनु भएको छ। नँया एम्बुलेन्स खरिदका लागि विभिन्न संघ सस्था, ब्यवसायी , दाता लगायत संग आर्थिक सहयोग माग गर्ने योजना समेत अघि बढाईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले प्रत्येक बर्ष रोगको जोखी अभियान संचालन गरी पालिकाका ६ वटै वडामा निःशुल्क रुपमा बिशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर समेत संचालन गर्दै आएको छ ।

TOP