इलाम : नेकपा (एमाले) सूर्योदय नगरपालिका–९ मा मिसन पार्टी जागरण कार्यशाला–२०८३ सम्पन्न भएको छ।
प्रदेश कमिटी सदस्य काजिमान कागतेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशालामा कम्युनिस्ट आन्दोलनका अग्रज तथा वडा कमिटीका सदस्यको सहभागिता रहेको थियो।
कार्यशालाले संगठन सुदृढीकरण तथा पार्टी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा विभिन्न कार्ययोजना निर्माण गरेको छ। बैठकले आगामी असोज ३१ गते वडा दशै शुभकामना आदान–प्रदान कार्यक्रम तथा वडा कमिटीको बैठक आयोजना गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, मिसन पार्टी जागरण अभियान सञ्चालनका लागि डम्बर प्रधानको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जनाइएको छ।जागरणबाट संगठन, संगठनबाट शक्ति’ भन्ने नारासहित कार्यशालाले पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।