फिक्कल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सूर्योदय नगरपालिका–७ मा वडा तदर्थ समिति गठन भएको छ। संगठन निर्माण तथा विस्तारलाई अघि बढाउने उद्देश्यले भएको भेलाबाट टेकराज गिरीको सभापतित्वमा तदर्थ समिति गठन गरिएको हो।
नवगठित समितिको उपसभापतिमा ख्याम नेपाल, सचिवमा भानुप्रसाद खड्का चयन हुनुभएको छ। त्यस्तै, समितिका सदस्यमा पदम कटुवाल, रामकुमार सापकोटा, मुना न्यौपाने, फूर्वा तामाङ, सन्देश खड्का र मञ्जु बस्नेत चयन हुनु भएको छ।
नवगठित समितिले संगठन निर्माण तथा विस्तारसँगै स्थानीय स्तरमा जनसेवाका गतिविधिलाई अघि बढाउने बताइएको छ। समितिका पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । कार्यक्रममा रास्वपाका जिल्ला सभापती दिनेश महतको सहभागिता रहेको थियो ।