जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

अन्तुमा “नागरीक सुनुवाई” कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
अन्तुमा “नागरीक सुनुवाई” कार्यक्रम सम्पन्न

फिक्कल: जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा इलाम जिल्ला सूर्योदय नगरपालिका ५ अन्तु पर्यटन बिकास केन्द्रको सभाहलमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, होटल व्यवसायी संघ, बिभिन्न बिद्यालयका शिक्षक , विद्यार्थी एंव स्थानियको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अन्तु पर्यटन ब्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे, होमस्टे संघका अध्यक्ष धन बहादुर आलेले प्रहरी चौकीबाट प्रदान गरेको शान्ति सुरक्षा प्रभावकारी र समन्वय रहेको तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत हुने सचेतना मुलक कार्यक्रमबाट लागु औषध, बाल बिवाह, सामाजिक अपराध जस्ता क्रियाकलापमा न्युनिकरणको लागी टेवा पुग्ने हुदाँ यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने कुरा बताउनु भयो ।
साथै सहभागीबाट उठेका जिज्ञासाको बिषयमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कोइरालले सम्बोधन गर्नु भएको थियो ।

TOP