जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाम नगरपालिकाको एक अर्ब १४ करोड ३४ लाख

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिकाको एक अर्ब १४ करोड ३४ लाख

इलाम: इलाम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १४ करोड ३४ लाख १३ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । इलाम नगर सभाको १७ औं अधिवेशनमा उप–प्रमुख विष्णु दाहालले उक्त बजेट प्रस्तुत गरेकी थिइन । आर्थिक वर्ष ०८२–०८३ का लागि पेस गरिएको बजेटमा प्रशासनिक तर्फ कुल बजेटको १३ प्रतिशत, पूूर्वाधारमा २० प्रतिशत, सामाजिक विकासमा ५६ प्रतिशत, आर्थिक विकासमा छ प्रतिशत, शुसासनतर्फ चार प्रतिशत, वन–वातावरण र विपदमा एक प्रतिशत, वित्तिय व्यवस्थामा दुई प्रतिशत विनियोजित गरिएको छ ।
चालुु आर्थिक वर्ष ०८१–०८२ मा सङ्घीय र प्रदेश सरकार मार्फत आएको समानिकरण, समुपुरक र अनुदान शीर्षकका खर्च भइनसकेका बजेटहरुलाई आयमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिएको बताइन । चालु आर्थिक वर्षमा चालुु तर्फ ६९ प्रतिशत र पुुँजीगत तर्फ २९ प्रतिशत खर्च भइसकेको उनको भनाई छ । दाहालले चालु आर्थिक ०८१–०८२ का लागि गएको १६औं नगरसभाले पारित गरेको एक अर्ब १३ करोड रुपियाँको बजेट प्रदेश र सङ्घीय सरकार मार्फत आएका विभिन्न योजनाको बजेट बढेर एक अर्ब १८ करोड रुपियाँमा अहिले सञ्चालन भइरहेको समेत जानकारी दिइन ।

TOP