पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

इलाम नगरपालिकाको एक अर्ब १४ करोड ३४ लाख

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
इलाम नगरपालिकाको एक अर्ब १४ करोड ३४ लाख

इलाम: इलाम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १४ करोड ३४ लाख १३ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । इलाम नगर सभाको १७ औं अधिवेशनमा उप–प्रमुख विष्णु दाहालले उक्त बजेट प्रस्तुत गरेकी थिइन । आर्थिक वर्ष ०८२–०८३ का लागि पेस गरिएको बजेटमा प्रशासनिक तर्फ कुल बजेटको १३ प्रतिशत, पूूर्वाधारमा २० प्रतिशत, सामाजिक विकासमा ५६ प्रतिशत, आर्थिक विकासमा छ प्रतिशत, शुसासनतर्फ चार प्रतिशत, वन–वातावरण र विपदमा एक प्रतिशत, वित्तिय व्यवस्थामा दुई प्रतिशत विनियोजित गरिएको छ ।
चालुु आर्थिक वर्ष ०८१–०८२ मा सङ्घीय र प्रदेश सरकार मार्फत आएको समानिकरण, समुपुरक र अनुदान शीर्षकका खर्च भइनसकेका बजेटहरुलाई आयमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिएको बताइन । चालु आर्थिक वर्षमा चालुु तर्फ ६९ प्रतिशत र पुुँजीगत तर्फ २९ प्रतिशत खर्च भइसकेको उनको भनाई छ । दाहालले चालु आर्थिक ०८१–०८२ का लागि गएको १६औं नगरसभाले पारित गरेको एक अर्ब १३ करोड रुपियाँको बजेट प्रदेश र सङ्घीय सरकार मार्फत आएका विभिन्न योजनाको बजेट बढेर एक अर्ब १८ करोड रुपियाँमा अहिले सञ्चालन भइरहेको समेत जानकारी दिइन ।

TOP