पालिका विशेष दल त्यागेका माङसेबुङ उपाध्यक्ष नेम्बाङ र सन्दकपुर ४ वडाध्यक्ष गुरुङको पद गयो जीवनशैली नेपालको अस्तित्व,राष्ट्रियता र मौलिक पहिचानका लागि ‘हर्कवाद’ अध्यक्ष साम्पाङ जीवनशैली फिक्कलमा हाउजीबाट १६ लाख बचत, खेल मैदान निर्माणले गति लिने जीवनशैली झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी युवतीको मृत्यु पालिका विशेष इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा शुरु जीवनशैली श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम अर्थ वाणिज्य फिक्कल र इलाममा संचालित  हाउजी खेल पुनः संचालन गर्न स्थानीयको माग ,६५ वर्ष पुरानो परम्परा संरक्षण गरिनु पर्ने खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक
Hamropalika menu advertisement

सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई

  • प्रकाशित मितिः November 25, 2026
  • हाम्रो पालिका
सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई

फिक्कल: इलामको सूर्योदय नगरपालिका स्तरिय बाल संजाल पुर्नगठन गरिएको छ । नगरको महिला, बालबालिका तथा समाज कल्याण शाखाको समन्वय तथा नगर बाल सञ्जालको आयोजनामा सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन गरिएको हो ।
निर्मल गुरुङको अध्यक्षतामा सम्पन्न पुनर्गठन कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख डोलेन्द्र भारध्वज प्रमुख अतिथि तथा महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा शेर्पा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
पुनर्गठनबाट प्रवल राई अध्यक्ष, प्रस्तुती गिरी उपाध्यक्ष, सन्जु पौड्य सचिव, सोफिना खड्का सह–सचिव र योजना अधिकारी कोषाध्यक्ष चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा अनामिका निरौला, सोहन लिम्बु, समर्पण पराजुली, प्रतिसा ढकाल, सूचना लेप्चा, रेखा लोहार, सृष्टि निरौला, निशा कार्की, कृषा भारती, नवीन खड्का, मनन खड्का र अर्पण पराजुली चयन हुनुभएको छ।
कार्यक्रममा बालबालिकाको अधिकार संरक्षण, बाल सहभागिता तथा बालमैत्री स्थानीय शासनलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। नगर बाल सञ्जालले नगरपालिकाभित्रका बालबालिकाका सवाल पहिचान गरी सम्बन्धित निकायसम्म पु¥याउने तथा बालबालिकाको हक, अधिकार र सहभागिता सुनिश्चित गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सूर्योदय नगरपालिका बालमैत्री तथा बाल श्रम मुक्त स्थानीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र थप सशक्त बनाउन नगर बाल सञ्जालको पुनर्गठनलाई महत्वपूर्ण कदमका रूपमा लिइएको शाखम प्रमुख शेर्पाले बताउनु भयो ।

TOP