फिक्कल: इलामको सूर्योदय नगरपालिकामा पालिका स्तरीय शान्ति सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन गरिएको छ । पालिका स्तरमा सामाजिक सद्भावमा खलल पुग्न नदिन र सम्भावित विवादलाई रोकथाम गर्दै आम नागरिकबीच सु–सम्बन्ध, एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले शान्ति सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन गरिएको हो ।
पछिल्लो समय देशका बिभिन्न स्थानमा जातीय, धार्मिक, सामाजिक तथा साँस्कृतिक एकता र सहिष्णुतामा खलल पुग्ने, सार्वजनिक शान्ति र सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने गतिविधि भएको अवस्थामा गृहमन्त्रालयको परिपत्र अनुसार समिति गठन गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक प्रबीण जोशी (ज्ञवाली)ले जानकारी दिनु भयो ।
उहाका अनुसार सूर्योदय नगरपालिकाका हालका कार्यवहाक नगर प्रमुख डेलेन्द्र भारध्वजको संयोजकत्वमा ३५ सदस्य शान्ति सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन गरिएको छ ।
उक्त समितिको सदस्यमा प्रस्तावित सीमा सुरक्षा गुल्म हेडक्ववाटर पशुपतिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापा , सशस्त्र प्रहरी बल सुरक्षा बेशका शसस्त्र प्रहरी निरीक्षक हेमराज प्याकुरेल, राष्ट्रिय अनुसन्धानका प्रतिनिधि ,राष्ट्रिय स्वतन्त्र पार्टी सूर्योदय कमिटि अध्यक्ष गंगा बहादुर महत , नेपाली कांगेसका क्षेत्रीय सचिव यमन लामा , ने.क.पा. एमाले सूर्योदय नगर कमिटि अध्यक्ष दुर्गा देवी भट्टराई, नेपाली कम्युनिष्ट पार्टीका सूर्योदय नगर अध्यक्ष कमल गदाल, स्वईजन शेर्पा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधि स्वेजन शेर्पा , श्रम संस्कृति पाटीका प्रतिनिधि सोनम योल्मो, संचारकर्मी प्रेम अधिकारी, किराँत राई यायोख्खा सूर्योदय अध्यक्ष जय राई, प्रणामी युवा परिषदका खगेन्द्र बास्तोला, बौद्ध समुदायकाचन्द्र लाप्चा, सिनियर टिम फिक्कलका संयोजक राजन प्रधान,सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन पौडेल, ब्यवसायी डिल्ली श्रेष्ठ, नेवा समाजका राजु श्रेष्ठ, ब्यवसायी राजेश मुखिया , महिला प्रतिनिधि साधना फागो, सूर्योदय जेसीज अध्यक्ष विबेश अधिकारी, मुस्लिम प्रतिनिधि मोहमद् मिया र कादर खान रहनु भएको छ ।
यस्तै अन्य सदस्यमा सूर्योदय प्याप्सनका अध्यक्ष लाकेल लामा, आदिबासी जनजाति महासंघ, करफोक क्याम्पसका प्रमुख गोपाल कट्टेल, क्रिश्चियन समुदायका तारा कुमार गुरुङ, सूर्योदय होटल व्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधान, फिक्कल रिकोभरीका अमित लिम्बु, मारवाडी समाजका निर्मला कट्टेल अग्रवाल, युनाइटेड फिक्कल क्लबका अध्यक्ष चन्द्र फागो , निबृत कर्मचारीका प्रतिनिधि देव कुमार दाहाल , एमटीभी राइडर्सका सरन फागो र सदस्य सचिवमा फिक्कल प्रहरी प्रमुख फुलमान तामाङ रहनु भएको छ ।
उक्त समितिले स्थानीय स्तरमा धार्मिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्नु अघि आयोजक, धार्मिक अगुवा तथा सरोकारवाला संग समन्वय बैठक गरी कार्यक्रमलाई शान्तिपूर्ण मर्यादित तथा कानून सम्मत रुपमा संचालन गर्ने , कुनै पनि समुदायको धार्मिक भावना, परम्परा तथा संस्कृतिमा प्रतिकूल असर पर्ने, सामाजिक सद्भाव विथोल्ने, उछृङ्खल गतिविधि गर्ने, हात हतियार प्रदर्शन गर्ने, भड्काउ अभिव्यक्ति दिने तथा सार्वजनिक शान्ति भङ्ग हुने कार्य हुन नदिन आवश्यक सुरक्षा तथा कानूनी व्यवस्था मिलाउने र पालिकाको शान्ति सुरक्षाको अवस्था, सम्भावित जोखिम तथा रोकथामका उपायको समिक्षा गर्ने निर्णय गरेको छ । समितिको अध्यक्ष पालिका प्रमुख रहने ब्यवस्था रहेको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक ज्ञवालीले सूर्योदयमा जस्तै समिति इलाम प्रहरी कार्यालयको क्षेत्रभित्र पर्ने माईजोगमाई र रोङ गाउँपालिकामा गठन गर्ने र त्यसपछि वडा स्तरमा वडाध्यक्षको अध्यक्षतामा समिति गठन गरिने जानकारी दिनु भयो । इलामको देउमाईमा पनि समिति गठन भएको छ । अन्य पालिकामा चाडै समिति गठन गरिने जिल्ला प्रहरी कार्यालय इलामका डिएस्पी लक्ष्मी भण्डारीले जानकारी दिनु भयो ।