प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न

फिक्कल: इलामको फिक्कलमा महिलाहरुमा हुने क्यान्सर सम्बन्धी एक दिने सचेतनामुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ । सूर्योदय नगरपालिका भित्रका १४ वटै वडामा काम गर्ने महिला स्वास्थ्य स्वयमसेविकालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा महिलाहरुमा हुने पाठेघर तथा स्तर क्यान्सर बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
सूर्योदय जेसिजको आयोजनामा सम्पन्न कार्यक्रममा बिएण्डसी अस्पतालमा कार्यरत स्त्री प्रस्सुती तथा महिला रोग बिशेषज्ञ डाक्टर दृष्टी भट्टराईले पाठेघर र स्तन क्यान्सका लक्षण , परीक्षण बिधि र उपचार पद्धतीबारे प्रस्तुतीकरण राख्नु भएको थियो । डा. भट्टराईले शुरुमा लक्षण थाहा पाए क्यान्सरबाट बच्न सकिने बताउनु भयो । उहाले भन्नु भयो‘महिला स्वास्थ्य स्वयमसेबिका मात्र सचेत भएर क्यान्स बारे बुझाउन सके धेरै महिलाको ज्यान बचाउन सकिन्छ।’ डा. भट्टराईले महिलाहरुले पाठेघर र मुखको क्यान्सर परीक्षण नगराउने गरेका कारण समस्या जटिल बन्दै गएको बताउनु भयो ।
कार्यक्रममा कोशी प्रदेशका पूर्र्व स्वास्थ्य मन्त्री भूपेन्द्र राईले तीन तहका सरकारले ग्रामिण क्षेत्रको खम्बाका रुपमा महिला स्वास्थ्य स्वयमसेबिकालाई लिनु पर्ने बताउनु भयो । गाउँको पहिलो सूचना महिला स्वास्थ्य स्वयमसेबिकाबाट थाहा हुने भएकाले उहाहरुको सेवा सुविधामा सरकारले ध्यान दिनु पर्ने बताउनु भयो । ‘तीन तहका सरकारले महिलामा देखिने पाठेघर र स्तर क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि बिशेष कार्यक्रम संचालन गर्नु पर्छ’ पूर्व मन्त्री राइले भन्नु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले नगरपालिकाले बर्षेनी पाठेघर र स्तन क्यान्सर स्क्रिनिङ शिबिर संचालन गर्दै आएको जानकारी दिनु भयो । उक्त कार्यक्रममा सूर्योदय जेसिजका अध्यक्ष बिबेश अधिकारीले महिलामा हुने पाठेघर र स्तन क्यान्सर बारे पर्याप्त जानकारी नहुँदा उक्त रोग बढ्दै गएकाले सचेतना कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो । उहाले ग्रामिण क्षेत्रका महिलालाई स्वयमसेबिकाले सचेत गराउने भएकाले परीक्षण दर बढाउन सहज होस भन्ने उद्देश्यले स्वयमसेविकालाई लक्षित गरी कार्यक्रम गरिएको जानकारी दिनु भयो ।
कार्यक्रममा सूर्योदयमा सक्रिय महिला अधिकारकर्मी अमृता राई, साधाना फागो , सूर्योदय उद्योग बाणिज्य संघका सचिव बिक्रम श्रेष्ठ लगायतले आफनो धारण राख्नु भएको थियो ।

TOP