जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः September 15, 2026
  • हाम्रो पालिका
पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न

फिक्कल: इलामको पशुपतिनगरमा बिश्व मानव बेच बिखन बिरुद्धको दिवस नेपाल–भारत दुबै देशका सरोकारवालको सहभागितामा बिभिन्न कार्यक्रम गरी आज मनाइएको छ ।नेपाल र भारतका मानव बेच बिखन बिरुद्ध का गर्ने बिभिन्न संघ संस्थाको अगुवाइमा नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा नेपाल–भारत दुबै देशका सरोकारवालको सहभागितामा बिभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
नेपालको माइती नेपाल तथा इन्डो नेपाल कोर कमिटिको आयोजनामा भएको कार्यक्रममा नेपाल भारत दुबै देशमा मानव बेच बिखनको अवस्था र चुनौती बारे जानकारी गराइएको थियो ।
भारतको दार्जिलिङ जिल्लामा रही माव मेचबिखन बिरुद्ध काम गर्दै आएको अनुग्येला संस्थाका अध्यक्ष राजेन्द्र बञ्जारेको अध्यक्षतामा भएको कार्यक्रममा माईती नेपाल पशुपतिनगरका प्रमुख होम ढमाल, भरातको अनुग्येला संस्थाका परियोजना संयोजक सुदिप बम्जन र सूर्योदय नगरपालिका महिला बालबालिका तथा जेष्ठ नगरिक शाखा प्रमुख तारा शेर्पाले मानव बेचबिखनको अवस्थामा चुनौती बारे प्रस्तुतीकरण राख्नु भएको थियो ।
माइती नेपाल पशुपतिनगरका प्रमुख ढकालले पछिल्लो समय तस्करले मानव बेचबिखनमा नयाँ तरिका अपनाउन थालेको जानकारी दिनु भयो । उहाका अनुसार पछिल्लो समय अनलाईन(डिजिटल) माध्यमबाट मानव तस्करी भैरहेको बताउनु भयो । प्रमुख ढकालका अनुसार मावन तस्करी रोक्न थाम तथा नियन्त्रणका लागि भौगोलिक अवस्था, खुल्ला सीमा नाका, नेटवर्कीङ मार्केटिङ, संगठित गिरोहको सक्रियता, अनसाइन माध्यम चुनौती बनेको बताउनु भयो । माईती नेपालका अनुसार पशुपतिनगर नाकाबाट भारतको मुम्बई, दिल्ली, कोलकोत्ता, पूना र शिलिगुडीमा मान तस्करी हुने गरेको छ । नेपालबाट भारत हुँदै हंगेरी, पोल्याण्ड लगरे युरोपमा समेत नेपाली महिलाको तस्करी हुने गरेको माइती नेपालले जनाएको छ ।
प्रमुख ढकालका अनुसार गत जनवरी देखि जुलाई सम्ममा पशुपतिनगर नाकाबाट भारत जान लागेका १३ जनालाई परिवारको जिम्मा लगाइएको छ । शंका लागेका ४०० बढीको काउन्सीलिङ गरी १० हजार पाँच सय ९५ वटा सवारी साधनमा उक्त अवधिमा चेकजाँच गरीएको छ ।
भरातको अनुग्येला संस्थाका परियोजना संयोजक बम्जनले दुबै देश सक्रिय भए मात्र मानव बेच बिखन रोक्न सकिने बताउनु भयो । उहाले संस्थाले भारतका बिभिन्न स्थानमा र नेपालमा समेत मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम स.चालन गर्दै आएको जानकारी दिनु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालले इलाम जिल्लाको ५२ दशमलब ५ किलोमिटर खुल्ला सीमा नाका भएका कारण मान बेचबिखन रोक्न चुनौती भएको बताउनु भयो । उहाले पछिल्लो समय दलालीले मुख्य नाका नभई खुल्ला सीमा क्षेत्रको फाइदा उठाई अन्य नाका प्रयोग गर्दा रोकथाममा चुनौती भएको बताउनु भयो । उहाले नगरपालिकाले बिद्यालय स्तरमा आगामी दिनमा समेतना कार्यक्रम संचालन गर्ने जानकारी दिनु भयो । नेपाल भारत सीमा क्षेत्रको ५२ दशमलब ५ किलोमिटरमा नेपाल तर्फ शसस्त्र प्रहरीका ७ वटा बिओपी छन भने भारत तर्फ भारतीय सीमा सुरक्षा बल(एसएसबी)का १३ वटा पोष्ट रहेका छन ।
भारतको दार्जिलिङ जिल्लामा रही माव मेचबिखन बिरुद्ध काम गर्दै आएको अनुग्येला संस्थाका अध्यक्ष राजेन्द्र बञ्जारेले दबै देशका सरकारले ध्यान दिए मात्र मानव बेच बिखन रोक्न सकिने बताउनु भयो । पछिल्लो समय पशुपतिनगरमा नेपाल भारत दुबै देशका सरोकारवालाको समन्वयमा इन्डो नेपाल कोर कटिटि गठन गरी मानव बेच बिखन बिरुद्ध काम गर्ने गरिएको छ ।
कार्यक्रममा सामाजिक बिकास समिति संयोजक तथा वडा नं. २ का वडाध्यक्ष डिक बम्जनले समुदाय स्तर सचेत भए मात्र मानव तस्करी नियन्त्रण गर्न सकिनेमा जोड दिनु भयो । स्वेजन शेर्पा र सरला तामाङले संचालन गर्नु भएको उक्त कार्यक्रममा बैद्धधाम माध्यमिक बिद्यालयका बिद्यार्थी बिभिन्न सांगीतिक प्रस्तुती राखेका थिए ।
उक्त कार्यक्रममा नेपाल भारत दुबै देशका सुरक्षाकर्मी , जनप्रतिनिधि लगायत स्थानीय सरोकारवालको सहभागिता रहेको थियो ।

 

 

TOP