प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई
Hamropalika menu advertisement

पत्रकार सुजन तिम्सिना पुरस्कृत

  • प्रकाशित मितिः October 5, 2026
  • हाम्रो पालिका
पत्रकार सुजन तिम्सिना पुरस्कृत

फिक्कल: इलामका सक्रिय पत्रकार सुजन तिम्सिना सूर्योदय नगरपालिकाबाट पुरस्कृत भएका छन् । सूर्योदय नगरपालिकाको नगर सभाको उन्नाइसौँ अधिवेशनबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा सञ्चार क्षेत्रमा योगदान पुर्‍याएको भन्दै तिम्सिनालाई पुरस्कृत गरिएको हो । उनलाई प्रतिनिधि सभा सदस्य निस्कल राईले प्रशंसापत्रसहित पुरस्कृत गरे । तिम्सिना नेपाल टेलिभिजनका इलाम संवाददाता हुन्। उनी स्थानीय सञ्चारमाध्यम लोकल सन्देश र स्थानीय सन्देशका सञ्चालक–प्रधान सम्पादक समेत रहेका छन् ।
कार्यक्रममा तिम्सिनासहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने २६ जना व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा उत्कृष्ठ कर्मचारीको रुपमा नगरका लेखा अधिकृत हेम प्रकाश नेम्वाङलाई सम्मान गरिएको छ ।

TOP