फिक्कल: इलामको सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८३/०८४ को नीति बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।बर्षेनी बजेट नीति तथा कार्यक्रम बिषेश कार्यक्रम गरी सार्वजनिकीकरण गर्दै आएको नगरले यस बर्ष पनि नगर सभाको १९ औं नगर सधाले स्वीकृत गरेको नीति बजेट तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको हो ।
आर्थिक बर्ष २०८३/०८४ का लागि एक अर्ब १८ करोड ४३ लाख ४६ हजार तीन सय रुपियाँको बजेट स्वीकृत गरेको नगरको नीति बजेट तथा कार्यक्रम इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य निश्कल राईले सार्वजनिक गर्नु भएको हो । बजेट सार्वजनिक गर्दै प्रतिनिधि सभा सदस्य राईले तीन तहका सरकार बिच समन्वयको खाँचो रहेको बताउनु भयो । उहाले बिकास र पूर्वाधार र पर्यटनका क्षेत्रमा धेरै काम भए पनि आम नागरिकको हितमा अझै धेरै काम गर्न वाँकी रहेको बताउनु भयो । राईले इलाम जिल्लाको बिपद् लगायतका बिषयमा आफुले संघीय सरकार र सम्बन्धित ठाउँमा कुरा उठाई रहेको जाकारी दिनु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यबहनक नगर प्रमुख दुर्गा कुमार बरालले आम नगरिकको प्रत्यक्ष पहुँच पुग्ने गरी नगरले बजेट ल्याएको जानकारी दिनु भयो । उहाले नगरले बिदेशी दातृ निकाय संग ठूला परियोजना संचालनका लागि निरन्तर पहल भैरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत बिज्ञान कोइरालाले आर्थिक बर्ष २०८३/०८४ को बजेटले समेटेका क्षेत्रका बिषयमा संक्षिप्त जानकारी गराउनु भएको थियो । उहाले बजेटको सहि कार्यान्वयन गरे मात्र सफल भइने भएकाले बजेट कार्यान्वयनमा सबैले ध्यान दिनु पर्ने बताउनु भयो । नगरले गत आर्थिक बर्ष २०८२/०८३ मा ८४ दशमलब ०४ प्रतिशत रकम खर्च गर्न सफल भएको कार्यक्रममा जानकारी गराइएको छ ।
नगरले करको दायरा फराकिलो बनाएको छ । उक्त सभामा अवको केहि दिनमै नगरबाट मालपोत र नापीको सेवा संचालन गरिने जानकारी गराइएको छ । लिजा , फ्रा, आर्थिक बिकास तर्फ उत्कृष्ठ हुँदै आएको नगरले शुसासन र पारदर्शीताका क्षेत्रमा फरक ढंगले काम गर्दै आएको छ ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका निवर्तमान नगर प्रमुख रण बहादुर राईले नगरले ठूला आकारको बजेट निर्माणमा जोड दिए मात्र बिकास गर्न सकिने बताउनु भयो । उहाले स्थानीय सरकारले कानुन निर्माण गर्न सक्नु नै सार्वभौमिक अधिकार भएकाले उक्त अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा संबिधानसभा सदस्यद्धय टिकाराम सुब्बा लाप्चा, सूर्यवाला राई, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, नगर बाल संजालका अध्यक्ष प्रवल राई, श्रम संस्कृति पार्टीका सूर्योदय नगर अध्यक्ष शसीभूषण मुखीया, नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष कमल गदाल, नेकपा एमाले सूर्योदय नगर अध्यक्ष दुर्गादेबी भट्टराई, नेपाली कांग्रेस सूर्योदय नगर कमिटिी उपाध्यक्ष रमेश प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष गंगा बहादुर महत लगायतले सूर्योदयले उत्कृष्ठ काम गर्दै आएकामा प्रशंसा गर्दै बजेटको सहि कार्यान्वयनका लागि सुझाव दिनु भएको थियो ।
उक्त अवसरमा नगरले नगरको बिकास , शुसासन तथा समृद्धिका लागि योगदान गरेबापत १९ बिधामा २६ जनालाई सम्मानित तथा पुरस्कृत गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन , सेवा प्रवाह , संचार, सामाजिक बिकासका क्षेत्रमा रहि नगरको बिकासमा योगदान गर्ने ब्यक्ति र संस्थालाई सम्मान गरेको हो ।
सम्मानित तथा पुरस्कृत हुनेहरुमा सत्रकार सुजन तिमल्सिना ,प्रेम बहादुर लाप्चा, मनिता राई ,नानिमाया राई चिरन्जिवी पौडेल , मनोज साँवा खानी भन्ज्याङ टोल विकास संस्था ,कृष्णाश्रम माध्यमिक विध्यालय, जेलिसा खतिवडा, सौरव ढुङ्गेल, रूविस्मा श्रेष्ठ ,अर्पण अर्याल ,सीता देवी राई, भवनी प्रसाद आचर्य समालबुङ मावि, पर्मीला राई ,विमल साम्पाङ्ग ,निसम हाङ्मा सुब्बा ,सरस्वती चिमरिया जिवन श्रेष्ठ, हेम प्रकाश नेम्बाङ,विष्णु माया गुरूङ, रमेश किरण पौडेल ,वृष प्रधान, दिप कमल सामुदायिक वन ,कमला देवीर भक्त बागदास रहनु भएको छ ।
इलामका १० पालिकामा सूर्योदय नगरपालिकाले मात्र यसरी सार्वजनिक रुपमा बजेट सार्वजनिकीकरण कार्यक्रम गर्दै आएको छ ।