पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

हर्कटे-निन्दा सडक शीर्षक बमोजिम नै निर्माण गर्न तिब्र जन दबाब

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
हर्कटे-निन्दा सडक शीर्षक बमोजिम नै निर्माण गर्न तिब्र जन दबाब

इलामको सूर्योदय नगरपालिकास्थित हर्कटेबाट रोङ गाउँपालिकाको रम्भ्याङ सलकपुर हुँदै झापाको निन्दा जाने सडक निर्माण कार्य शिर्शक विपरित गर्न लागेको भन्दै तिब्र असन्तुष्टि सिर्जना भएको छ ।प्रदेस सरकारले हर्कटेबाट शुरू गर्नु पर्ने सडक मनपरि ढंगले निन्दाबाट नापजाँच शुरू गरेपछि तिब्र आलोचना बढेको हो ।

सूर्योदय नगरपालिकाको सत्रौं नगरसभाले मूख्यमन्त्री ग्रामीण सडकको रूपमा हर्कटेबाट प्रारम्भ भएको बजेटलाई सोहि अनुरूप गर्नको लागि ध्यानाकर्षण गराएको जनाएको छ । यस सडकको मुख हर्कटे र स्थानीय उत्पादन र धेरै जनघनत्व भएको हुनाले पनि शीर्षक बमोजिम नै गर्नुपर्ने नगरपालिकाको दाबी छ ।हर्कटे बाटै काम शुरू गर्न सूर्योदय नगरपालिका, रोङ ६ का बासिन्दा, सुनपा ६ का बासिन्दा, जिल्ला समन्वय र प्रदेस माननीयहरू समेत ले ध्याकर्षण गराईरहेको बताएका छन । तर, एकतर्फि काम शुरू गरे प्रतिकारमा उत्रिने चेतावनि उनीहरूले दिएका छन ।

अधिकारको दुरूपयोग गरि शीर्षक विपरित भएमा अदालत, अख्तियार र सबै निकायमा न्याय माग्ने, संलग्न नेता र कर्मचारिलाई नछोड्ने सुनपा ६ र रोङ ६ का स्थानीयले चेतावनी दिंदै आएका छन ।सूर्योदय नगपालिकाका एक जनप्रतिनिधि ले भने शीर्षक बमोजिम नै काम गर्नु पर्छ, उल्टो गर्नु भनेको शक्तिको दुरूपयोग मात्र हो ।यसैबिच, शीर्षक विपरित काम गर्न लागेको भनी दवाव दिने राजनितिक नेतृत्व र प्रभावमा काम गर्ने कर्मचारि ले अधिकारको दुरूपयोग गरेको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोग ईटहरिमा उजुरि परेको बताईएको छ । अधिकारको दुरूपयोग गर्ने लाई हदै सम्म को कारवाहि गर्न माग गरिएको स्रोत ले बतायो ।

संघिय सरकार बाट प्रदेस सरकारमा हस्तान्तरण भएको यो सडक हाल मुख्यमन्त्रि सडकको रूपमा निर्माणाधीन छ । विगतमा हर्कटे बाटै क्रमिक रूपमा निर्माण हुँदै आएको यो सडक केही वर्षयता केही ब्यक्तिहरू को स्वार्थ र शक्तिको प्रभावको आधारमा जबरजस्ती उल्टो निर्माण गर्न थालिएको स्थानीयको आरोप छ ।रोङ ६ का राजन आचार्य भन्छन “सबै भन्दा पहिले उक्त बाटो खन्न सुरु कहाँ र कहिले बाट भयो यसको ईतिहास हेर्नू पर्ने हो, दोस्रो कुरा साबिक जिर्मले ४,५ र ६ भित्रका कृषि उपज र सलकपुरबाट निकासि हुने कृषि उपज मुल्यांकन गरि आवश्यकता वा प्रथमिकताको आधारमा हुनु पर्छ त्यो भनेको हर्कटे बाटै हो, तेस्रो कुरा झण्डी डाँडाबाट तल सलकपुर खण्डमा ठुला सवारिले बाटो थर्काएको र चर्किएको छ, यकिनका साथ बाटोको स्थाईत्वको मा पनि प्रश्न छ । अझ अर्कोकुरा सिमा सडक पनि निन्दाबाट सलकपुर जाने भएकोले डुव्लिकेसन भै रहेको छ “उनले थपे ।
यश सडकलाई पछिल्लो पटक १० करोड स्रोत सुनिस्चितता सहित बहुवर्षियमा हाल्न रोङ ६ का वडाध्यक्ष सत्यम राई चौरासेको पहल रहेको कोसि प्रदेस आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।

TOP