जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

हर्कटे-निन्दा सडक शीर्षक बमोजिम नै निर्माण गर्न तिब्र जन दबाब

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
हर्कटे-निन्दा सडक शीर्षक बमोजिम नै निर्माण गर्न तिब्र जन दबाब

इलामको सूर्योदय नगरपालिकास्थित हर्कटेबाट रोङ गाउँपालिकाको रम्भ्याङ सलकपुर हुँदै झापाको निन्दा जाने सडक निर्माण कार्य शिर्शक विपरित गर्न लागेको भन्दै तिब्र असन्तुष्टि सिर्जना भएको छ ।प्रदेस सरकारले हर्कटेबाट शुरू गर्नु पर्ने सडक मनपरि ढंगले निन्दाबाट नापजाँच शुरू गरेपछि तिब्र आलोचना बढेको हो ।

सूर्योदय नगरपालिकाको सत्रौं नगरसभाले मूख्यमन्त्री ग्रामीण सडकको रूपमा हर्कटेबाट प्रारम्भ भएको बजेटलाई सोहि अनुरूप गर्नको लागि ध्यानाकर्षण गराएको जनाएको छ । यस सडकको मुख हर्कटे र स्थानीय उत्पादन र धेरै जनघनत्व भएको हुनाले पनि शीर्षक बमोजिम नै गर्नुपर्ने नगरपालिकाको दाबी छ ।हर्कटे बाटै काम शुरू गर्न सूर्योदय नगरपालिका, रोङ ६ का बासिन्दा, सुनपा ६ का बासिन्दा, जिल्ला समन्वय र प्रदेस माननीयहरू समेत ले ध्याकर्षण गराईरहेको बताएका छन । तर, एकतर्फि काम शुरू गरे प्रतिकारमा उत्रिने चेतावनि उनीहरूले दिएका छन ।

अधिकारको दुरूपयोग गरि शीर्षक विपरित भएमा अदालत, अख्तियार र सबै निकायमा न्याय माग्ने, संलग्न नेता र कर्मचारिलाई नछोड्ने सुनपा ६ र रोङ ६ का स्थानीयले चेतावनी दिंदै आएका छन ।सूर्योदय नगपालिकाका एक जनप्रतिनिधि ले भने शीर्षक बमोजिम नै काम गर्नु पर्छ, उल्टो गर्नु भनेको शक्तिको दुरूपयोग मात्र हो ।यसैबिच, शीर्षक विपरित काम गर्न लागेको भनी दवाव दिने राजनितिक नेतृत्व र प्रभावमा काम गर्ने कर्मचारि ले अधिकारको दुरूपयोग गरेको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोग ईटहरिमा उजुरि परेको बताईएको छ । अधिकारको दुरूपयोग गर्ने लाई हदै सम्म को कारवाहि गर्न माग गरिएको स्रोत ले बतायो ।

संघिय सरकार बाट प्रदेस सरकारमा हस्तान्तरण भएको यो सडक हाल मुख्यमन्त्रि सडकको रूपमा निर्माणाधीन छ । विगतमा हर्कटे बाटै क्रमिक रूपमा निर्माण हुँदै आएको यो सडक केही वर्षयता केही ब्यक्तिहरू को स्वार्थ र शक्तिको प्रभावको आधारमा जबरजस्ती उल्टो निर्माण गर्न थालिएको स्थानीयको आरोप छ ।रोङ ६ का राजन आचार्य भन्छन “सबै भन्दा पहिले उक्त बाटो खन्न सुरु कहाँ र कहिले बाट भयो यसको ईतिहास हेर्नू पर्ने हो, दोस्रो कुरा साबिक जिर्मले ४,५ र ६ भित्रका कृषि उपज र सलकपुरबाट निकासि हुने कृषि उपज मुल्यांकन गरि आवश्यकता वा प्रथमिकताको आधारमा हुनु पर्छ त्यो भनेको हर्कटे बाटै हो, तेस्रो कुरा झण्डी डाँडाबाट तल सलकपुर खण्डमा ठुला सवारिले बाटो थर्काएको र चर्किएको छ, यकिनका साथ बाटोको स्थाईत्वको मा पनि प्रश्न छ । अझ अर्कोकुरा सिमा सडक पनि निन्दाबाट सलकपुर जाने भएकोले डुव्लिकेसन भै रहेको छ “उनले थपे ।
यश सडकलाई पछिल्लो पटक १० करोड स्रोत सुनिस्चितता सहित बहुवर्षियमा हाल्न रोङ ६ का वडाध्यक्ष सत्यम राई चौरासेको पहल रहेको कोसि प्रदेस आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।

TOP