जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ

इलाम: चियाको राजधानीका रूपमा चिनिने इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा ‘टि टेस्टीङ’ कार्यक्रम सम्पन्न भएको छ । असार १२ गते इलाम चोक बजारमा आयोजित सो कार्यक्रममा विभिन्न अर्गानिक चिया उत्पादन कम्पनीहरूले आफ्नो उत्पादनको प्रदर्शनी तथा स्वाद परीक्षण गराएका थिए ।नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड अन्तर्गतको चिया विस्तार योजना, देउमाई नगरपालिका–३, माङलाबारे, पानीटारको आयोजनामा उक्त कार्यक्रम गरिएको हो। कार्यक्रमको उद्देश्य अर्गानिक चियाको आन्तरिक बजार प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा टि एलाइन्स नेपाल (टिएएन) का सदस्य संस्थाहरुको सहभागिता जनाएका थिए । टिएएनमा इलाम, भोजपुर, पञ्चथर र कास्की लगायतका विभिन्न जिल्लाका १७ वटा प्रतिष्ठित चिया उद्योगहरू छन् । तिनीहरूमध्ये प्रमुख संस्थाहरूमा कञ्चनजंघा अर्गानिक ओर्थोडक्स चिया उद्योग, ग्रीन हिल टि इन्डस्ट्रिज, गारास टि उद्योग, र पाथीभरा टि इस्टेट, जसबिरे चिया उद्योग, प्रस्तुति उद्योग प्रालि, सिल्भर माउण्टेन्ड चिया उद्योग लगायत उद्योगहरू रहेका छन् ।

कार्यक्रमको क्रममा अर्गानिक चियाको गुणस्तर, उत्पादन प्रक्रिया, र यसको स्वास्थ्य लाभसम्बन्धी जानकारी प्रदान गरिएको थियो । साथै, उपस्थित उपभोक्ताहरूले विभिन्न चियाको स्वाद परीक्षण गरी अनुभव साटासाट गरेका थिए ।चिया विस्तार योजना मंगलबारेका निमित्त योजना प्रमुख सुरेश राउतको अध्यक्षता एवम् इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टि एलाइन्स नेपालका सदस्य तथा जस्बिरे चिया उद्योग इलामका गृष्म सुब्बा, इलाम नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष काजी वहादुर श्रेष्ठले चियाका नेपाली चियाको विषयमा आफ्ना मन्तव्य राखेका थिए ।

इलाममा प्रमुख जिल्ला अधिकारी नेपाल ४ दिन अघि मात्र आएकी हुन् । उनले पहिलो पटक इलामको चियासँग जोडिएको कार्यक्रममा सहभागी हुन पाउँदा उनले खुशी समेत व्यक्त गरेका छन् ।टि एलाइन्स नेपालको प्रमुख कार्यालय इलाम नगरपालिका–७ मा रहेको छ भने यसको मार्केटिङ्ग कार्यालय काठमाडौंको बुद्धनगरमा छ । टिएएनले नेपाली चियालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ ।
यो कार्यक्रमले स्थानीय उत्पादक र उपभोक्ता बीचको सम्बन्ध सुदृढ गर्दै नेपाली अर्गानिक चियाको लोकप्रियता बढाउने विश्वास लिइएको छ।

इलाम बजारमा हरेक आइतबार र विहीबार टि टेस्टिङ हुने

इलाम सदरमुकामस्थित इलाम बजारमा हरेक आइतबार र विहिबार टि टेस्टिङ हुने घोषणा भएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष नरेश श्रेष्ठले टि टेस्टिङको लागि घोषणा गरेका हुन् । इलाम बजार वडा नं. ७ मै रहेको र ७ नं. वडा अध्यक्षको नाताले सो घोषणा गरेको श्रेष्ठले जानकारी दिए । आइतबार र विहीबार हुने टेस्टिङमा इलाममा रहेका विभिन्न उद्योगका चियाहरुलाई निशुल्क टेस्टिङ गराउन समेत आग्रह गरिएको छ । वडा अध्यक्ष श्रेष्ठले सो कार्यक्रमका लागि नगरपालिकासँग समन्वय र आफूले सहयोग गर्ने बताएका छन् ।

यता चिया उद्योगीहरु गृष्म सुब्बा र प्रस्तुति उद्योग प्रालिका सञ्चालक जीवन न्यौपानेले भने हप्तामा एक दिन विहिबार मात्र टेस्टिङ गर्न सकिने जनाएको छ । चिया उद्योगी र चिया उपभोक्ताहरुलाई मध्यनजर गरि हप्तामा एक दिन टेस्टिङ पर्याप्त हुने उनीहरुको भनाई छ । इलामका इच्छुक उद्योगीहरुलाई रोटेसनका रुपमा पालैपालो टि टेस्टिङका लागि सहभागी गराईनेछ ।

TOP