फिक्कल: इलामको फाकफोकथुम गाउँपालिका ६ हाङमासुली स्थित पोखरी–कमेरे भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना भई घाइते दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मधेश प्र–०३–००३ह ६९६७ नम्बरको. अटो अचानक अनियन्त्रित भई सडकबाट तल झरी पेट्रोल लिकेज भइ आगोलागी हुँदा घाइते हुनु भएका सुस्मिता श्रेष्ठ र कविता श्रेष्ठको उपचारको क्रममा झापामा मृत्यु भएको हो । घाईतेलाई हिजो साझ नै थप उपचारका लागि झापा लगिएको थियो ।
दुर्घटनामा अटो चालक फाकफोकथुम गाँउपालिका ६ पोखरी बजारका लोक बहादुर श्रेष्ठ शक्त घाइते हुनु भएको छ । यस्तै घाईते मध्ये दुर्गा देवी श्रेष्ठ ,मन्दिरा थापा र रमा कुमारी श्रेष्ठको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिनु भयो ।
पछिल्लो समय इलामका ग्रामिण सडकमा अटो दुर्घटना बढदै गएको छ । क्षमता भन्दा बढी यात्रु राखेर अटो कुदाउदा बढी दुर्घटना हुने गरेको पाइएको छ ।