फिक्कल: भोटेकोशी बाढी पीडितको सहयोगका लागि भारत पश्चिम बंगालको सुनादहबाट छ लाख बढी रकम संकलन गरी प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा पठाइएको छ ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले भारतको सुनदाहमा रहनु भएका नेपाल भाषी नागरिकबाट संकलित छ लाख २५ हजार पाँच सय रुपियाँ राष्ट्रिय बाणिज्य बैंक पशुपतिनगर मार्फत प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा पठाइएको हो ।
भारतको सुनादहका बिभिन्न सामाजिक ब्यक्ति तथा संघ संस्थाबाट रकम संकलन गरी इलामको सूर्योदय नगरपालिका वडा नं. २ लाई हस्तान्तरण गरीएको रकम कोषमा जम्मा गरिएको सूर्योदय नगरपालिका वडा नं. २ का सडा सदस्य गणेश कुमार खड्काले जानकारी दिनु भयो ।
सुनादहका समाजसेवी चन्द्र लकान्द्रीको नेतृत्वमा रकम संकलन गरी आएको प्रतिनिध मण्डलले वडा नं. २ मा औपचारीक कार्यक्रम गरी रकम हस्तान्तरण गरेको थियो । समाजसेवी लकान्द्रीले छिमेकी देशमा परेको संकट हेरेर मात्र बस्न नसकी रकम संकलन गरिएको जानकारी दिनु भयो । उहाले भारतका बिभिन्न ठाउँ तथा इजरायलबाट रकम संकलन गरी वडा कार्यालयमा हस्तान्तरण गरिएको जानकारी दिनु भयो । लकान्द्रीले भन्नु भयो‘सोच्नै नसक्ने बिपत्ती आयो, पीडितलाई केहि सहयोग होस भनेर रकम जम्मा गरेका हौ ।’
पशुपतिनगरका युवा राजु सुब्बाको समन्वयमा उक्त रकम नेपाल ल्याएर वडालाई हस्तान्तरण गरी कोषमा जम्मा गरिएको छ । भारतबाट रकम हस्तान्तरण गर्न आउनु भएकी कल्पना तामाङले नेपालीलाई परेको पीडामा सहयोग गर्नका लागि आफुहरु रातदिन खटेर रकम संकलन गरिएको जानकारी दिनु भयो ।
यसै बिच सूर्योदय नगरपालिकाको फिक्कलमा समेत भोटेकोशी बाढी पीडितका लागि संगीतको धुनमा रकम संकलन गरीएको छ ।
सिनियर टिम फिक्कलको आयोजना तथा अलंकार ब्यान्डको ब्यवस्थापनमा फिक्कल बजारमा सांगीतिक कार्यक्रम गरी ७४ हजार रकम संकलन गरिएको छ ।
गायक भुपेन्द्र राईको नेतृत्वमा कलाकारले राष्ट्रिय गीतको धुन मात्र बजाएर फिक्कल बजारमा रकम संकलन गरिएको थियो । उक्त रककमा थप थरी प्रधानमन्त्री दैबि प्रकोप उद्धार कोषमा जम्मा गरिने सिनियर टिम फिक्कलका सदस्य सरन फागोले जानकारी दिनु भयो ।
इलामका स्थानीय पालिका र बिभिन्न संघ संस्थाले बाढी पििडतलाई सहयोग पठाउने क्रम जारी रहेको छ ।