जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु

  • प्रकाशित मितिः September 4, 2026
  • हाम्रो पालिका
बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु

फिक्कल: इलामको गोदकमा वेली ब्रिजको सामान बोकेको ट्रक बिहिबार साँझ दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
झापाबाट इलाम जादै गरेको डब्लु बी २९ बी २९४४ नंम्बरको वेली ब्रिजको सामान बोकेको ट्रक मेची राजमार्गको बाह् गोलाईमा दुर्घटना हुँदा भारतको दक्षिण दिनेशपुर गंगारामपुर वस्ने ३८ बर्षीय सुवास बर्मुनको घट्नास्थलमै मृत्यु भएको हो ।
आफैँ अनियन्त्रित भई भएको उक्त दुर्घटनामा सोही स्थानका ३० बर्षीय रबिन बर्मुन र सिन्धुपाल्चोक चौतारा नगरपालिका ३ का २९ बर्षीय आश बहादुर तामाङ घाइते भएका छन । घाइते दुबै जनालाई थप उपचारका लागि झापा लगिने प्रहरीले जनाएको छ ।
जोगमाई खोलामा लगाउनका लागि भारतबाट वेली ब्रिजको सामान बोकेको ट्रक आफैँ अनियन्त्रित भई सडकको दाहिने साइडबाट ५ मिटर तल झरी दुर्घटना भाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनु भयो ।

TOP