जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा आगामी १७ गते शनिबार बृहत साकेला प्रदर्शनी गरिने भएको छ ।किरातीहरुको उभौली पर्वको अवसरमा आफनो संस्कार, संस्कृतिको संरक्षणका लागि किरात राई यायोक्खा सूर्योदय नगर कार्य समितिको आयोजनामा जिल्लाका ३० बढी समुहले साकेला प्रदर्शनी गर्ने भएका हुन ।
साकेला प्रदर्शन समितिका आर्थि समिति संयोजक जय कुमार राईले उक्त प्रदर्शन तयारीका लागि अहिले सूर्योदय नगरपालिकाका १४ वटै वडामा प्रशिक्षणको काम भैरहेको जानकारी दिनु भयो । उहाका अनुसार किरात समुदायको १५०० बढी शिली जिवित भए पनि उक्त दिन दुईवटा शिसी प्रदर्शन गरीने छ । उक्त कार्यक्रममा च्याब्रुङ शिली, दुम्सी नृत्य, तामाङ शेलो प्रदर्शन गर्ने तयारी भएको संयोजक राईले जानकारी दिनु भयो । राईले भन्नु भयो ‘लिपी , कला , संस्कार संस्कृति संरक्षण संगै पाश्चात्य संस्कृतिको आक्रमण रोक्नका लागि यो कार्यक्रम गर्न लागिएको हो ।’कार्यक्रममा पाँच लाखको हाराहारीमा खर्च लाग्ने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा जिल्ला भरका किरात समुदायका ३० बढी समुहले साकेला पदर्शन गर्ने गरी तयारी भैरहेको कार्यक्रमका संयोजक गौरव चाम्लिङले जानकारी दिनु भयो । उहाले किरात समुदायमा जंगली, सिकारी र कृषि युग रहेको जानकारी दिदै यी परम्परा जोगाउनका लागि कार्यक्रम आयोजना गरीएको जानकारी दिनु भयो ।
किरात राई यायोक्खा सूर्योदय नगर कार्य समिति अध्यक्ष कलिका राईले देश बिदेशमा रहेका दाताको आर्थिक सहयोग र सूर्योदय नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरीने जानकारी दिनु भयो । कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनमा सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गाकुमार बरालले बिभिन्न जातजातीका संस्कार , संस्कृति जोगाउन लाग्नु पर्ने बताउदै सिंगो समाज पश्चिमी संस्कृतिको प्रभावमा परेकाले त्यसलाई रोक्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले यस्ता संस्कार संस्कृति जोगाउने काममा नगरले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा हजारौको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

 

TOP