जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाको बजेट पारित

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाको बजेट पारित

फिक्कल
इलामकाे स”र्याेदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ काे लागि एक अर्ब चालीस कराेड रूप‌याकाे बजेट पारित गरकाे छ । १७ औं  नगरसभाकाे तेस्रो बैठकमा नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले पेश गरेकाे एक अर्ब चालीस कराेड तीन लाख सत्र हजार दुई सय २० रूपैयाँकाे बजेट पारित भएकाे हाे । नगरसभाकाे चौथाे बैठकमा नगरसभा सदस्यहरूले बजेटकाे विषयमा धारणा राखेका थिए । सभामा मणीराज राई, चन्दा मैनाली, श्याम कृष्ण कटुवाल, विमल राई, पुण्यप्रसाद पाेख्रेल, गणेशकुमार खड्का र कमलप्रसाद गड्तौलाले आर्थिक विधेयक र विनियोजन विधेयक र सार्वजनिक महत्त्वकाे विषयमा ध्यानाकर्षण गराएका थिए ।

नगरसभामा बजेट तथा सार्वजनिक महत्त्वका प्रस्तावकाे नगरप्रख रणबहादुर राईले संवाेधन गरेपछि सभाले बजेट पारित गरेकाे हाे । नगर प्रमुख राईले स्रोतकाे चापकाे बाबजुद दीगो विकासका लक्ष हासिल गर्नेगरी बजेट विनियोजन गरेकाे बताए । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेकाे रकम मध्ये एक अर्ब आठ कराेड तीन लाख सत्र हजार ३२० रूपैया स्थानीय सञ्चित काेषबाट र ३२ कराेड रूपैयाँ अन्तर सरकारी अख्तियारी अन्तरग संघीय काेषबाट खर्चहुने प्रक्षेपण गरेकाे छ । नगरपालिकाले चालू खर्चकाे लागि ६८ कराेड ३१ लाख ३७ हजार २२० रूपैया र पुजीगत खर्चको लागि ३९ कराेड ७१ लाख ८० हजार रूपैयाँ विनियोजन गरेकाे नगरपालिकाका प्रबक्ता ख्याम भुजेलले जानकारी दिए ।

प्रबक्ता भुजेलका अनुसार नगरपालिकाले कृषि तथा खाद्य सुरक्षा क्षेत्रमा सात करोड ५४ लाख ५० हजार रूपैयाँ , पशुपन्छी विकासमा एक कराेड छ लाख ९२ हजार, जलस्रत तथा सिचाइ क्षेत्रमा एक कराेड दुई लाख नौ हजार रूपैयाँ विनियोजन गरिएको छ । त्यस्तै उद्योग व्यापार व्यवसाय श्रेत्रमा ५८ लाख ६० हजार, पर्यटन तथा संस्कृति क्षेत्रमा दुई करोड ६१ लाख ८० हजार रूपैयाँ , सहकारी व्यवस्थापनमा १६ लाख ५० हजार, सुकुम्बासी तथा अव्यवस्थित बसाेबासकाे लागि आठ लाख रूपैयाँ श्रम तथा राेजगारी क्षेत्रमा ५८ लाख ७४ हजार ७२० रूपैयाँ , जनसंख्या तथा पाेषण क्षेत्रमा नौ करोड २३ लाख ७१ हजार रूपैयाँ विनियोजन गरिएकाे छ ।

त्यस्तै शिक्षा कला भाषा र संस्कृति क्षेत्रमा ३७ कराेड ५७ लाख ८१ हजार रूपैयाँ , महिला बालबालिका सामाजिक संरक्षण र समावेशीकरण क्षेत्रमा एक कराेड ४४ लाख ७१ हजार रूपैयाँ , युवा तथा खेलकुदमा ८० लाख ६९ हजार, वन भूसंरक्षण र जैविक विविधता दस लाख, वातावरण तथा फाेहाेरमैला व्यवस्थापनमा ७२ लाख ६५ हजार विनियोजन गरिएको छ । विपद् जाेखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलमा दुई कराेड ४९ लाख ५० हजार रूपैयाँ, यातायात पूर्वाधारमा १९ करोड ९० लाख ५० हजार रूपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले भवन आवास वस्ती र सहरी विकासमा एक कराेड ४४ लाख ४६ हजार रूपैयाँ, उर्जा क्षेत्रमा नौ लाख रूपैया , सूचना प्रविधि क्षेत्रमा ४६ लाख ५० हजार रूपैयाँ विनियोजन गरेको छ । पालिकाले आमदानी तर्फ भने आन्तरिक राजस्व र राजस्व बाडफाडबाट २२ कराेड ५७ लाख ११ हजार रूपैयाँ आम्दानी हुने अनुमान गरेकाे छ । त्यस्तै संघीय सरकारबाट ६४ कराेड ४३ लाख रूपैयाँ र प्रदेश सरकारबाट चार कराेड ४४ लाख ८१ हजार रूपैयाँ प्राप्तिहुने अनुमान गरिएको छ । नगरसभाकाे अर्को बैठक असार २१ गते बस्ने छ ।

TOP