अतित योङहाङ,इलाम :
इलामको देउमाई नगरपालिकामा देउमाई चलचित्र पर्यटन महोत्सव हुने भएको । ूपर्यटन प्रबर्द्धनका लागि सिनेमाू भन्ने नाराका साथ महोत्सब आयोजना हुने भएको हो । यहि वैशाख २९, ३० र ३१ गते सम्म महोत्सव आयोजना गरिने आयोजक नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले जानकारी दिए ।
कोशी प्रदेश सरकारले भरखरै कोशीमा कोशी पर्यटन वर्ष २०८२ घोषणा गरेको छ । सोही पर्यटन वर्षलाई समेत टेवा पुग्ने गरि महोत्सबहरु बाक्लो संख्यामा कोशीमा हुन थालेका छन् । नयाँ वर्ष सुरु भएसँगै पूर्वी पहाडी क्षेत्रमा पर्यटन प्रबर्द्धनजन्य कार्यक्रमहरु बाक्लो हुन थालेका छन् । कोशी प्रदेश सरकारले पनि यस्ता कार्यक्रमहरुको आयोजनाको आह्वान गरेको छ ।
गएको वैशाख १(४ मा मात्र देउमाईकै पानीटारमा देउमाई कृषि तथा पर्यटन महोत्सव २०८२ सम्पन्न भयो । इलाम पर्यटकीय जिल्ला हो । यहाँ यस्ता पर्यटनजन्य गतिविधि र कार्यक्रम वर्षेनी बाक्लो संख्यामा भईरहन्छन् । चियाबारीको राजधानीले परिचित जिल्ला इलाममा चलचित्र छाँयाङकन समेत बढिरहेको छ । अहिले देउमाईकै पानीटार क्षेत्रलाई निर्माता, निर्देशकले रोज्न थालेको छ । गएको २ वर्ष अघि मात्र चलचित्र ूकृष्ण लिलाू र ूम यस्तो गीत गाउँछु(२ू पानीटारमै छायाँकन भए ।
२९(३१ मा आयोजना हुने चलचित्र महोत्सबमा चलचित्र प्रर्दशनी, सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, चलचित्र र पर्यटन सम्बन्धि अन्तर्क्रिया, सिनेमासम्बन्धि फोटो प्रर्दशनी, स्थानीय उत्पादनका स्टलहरु प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।
महोत्सब अन्तर्गत सांस्कृतिक कार्यक्रममा चर्चित गायिका प्रिती आलेको प्रस्तुति रहने भएको छ । कार्यक्रममा अभिनेता सुवास मेचेको समेत प्रस्तुति र उपस्थिति रहने भएको छ । कलाकारहरु सविता रेग्मी, नवीन सुवेदी र बालकलाकार द्वितिका प्रधानको समेत प्रस्तुति रहने भएको छ ।
सिनेमा मार्फत इलामको पर्टटन प्रबर्द्धन गर्ने प्रमुख उद्देश्य राखिएको यो कार्यक्रमले इलामको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने अनुमान गरिएको छ । महोत्सबलाई स्थानीय जीतपुरे बजार व्यवस्थापन समिति र जितपुरे युवा क्लवले सहआयोजना गर्दैछन् ।