खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

इलामका पालिकामा सार्वजनिक गरीएको बजेट

  • प्रकाशित मितिः October 22, 2026
  • हाम्रो पालिका
इलामका पालिकामा सार्वजनिक गरीएको बजेट

फिक्कल: इलामका १० वटै पालिकाले मंगलबार आर्थिक बर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका छन । सार्वजनिक गरीएको बजेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक बिकास र पर्यटन प्रवर्धनमा जोड दिएको पाइएको छ ।
इलामको सूर्योदय नगरपालिकाले जिल्लाका १० पालिका मध्ये सबै भन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको छ । सूर्योदयले १ अर्व ४० करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगर उप प्रमुख दुर्गा कुमार बरालले बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधारमा भन्दा शुसासनका क्षेत्रमा बजेट केन्द्रित भएको जानकारी दिनु भयो । सूर्योदय नगरपालिका यस अघि नै आर्थिक बिकास तर्फ देशकै पहिलो भएको थियो । सार्वजनिक गरीएका नीति कार्यक्रम र बजेट अनुसार शिक्षा, स्वास्थ्य, सामाजिक बिकास , कृषि , पशुपाल र पर्यटन क्षेत्रमा बजेट केन्द्रित छ ।
यस्तै इलाम नगरपालिकाले १ अर्व १४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । देउमाई नगरपालिकाले ८२ करोड ५६ लाख १४ हजार रुपियाँ बराबरको बजेट पारित गरेको छ । माई नगरपालिकाले ६३ करोड ९३ लाख ४६ हजार छ सय रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
माईजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०८२/८३ का लागि ४६ करोड २० लाख ५० लाख ९ सय ९१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । सन्दकपुर गाउँपालिकाले ३३ करोड १० लाख १७ हजार ७ सय ५४ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
यस्तै इलामको चुलाचुली गाउँपालिकाले ४५ करोड ७० लाख १५ हजार आठ सय ३७ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
फाकफोकथुम गाउँपालिकाले ५६ करोड ४९ लाख ८६ हजार पाँच सय ७३ रुपियाँको बजेट विनियोजन गरेको छ । माङ्सेबुङ गाउँपालिकाले ४८ करोड ७३ लाख १० हजार आठ सय २३ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । रोङ गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरे राती अबेर सम्म बजेट सार्वजनिक गर्न सकेको छैन ।

TOP