जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामका पालिकामा सार्वजनिक गरीएको बजेट

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामका पालिकामा सार्वजनिक गरीएको बजेट

फिक्कल: इलामका १० वटै पालिकाले मंगलबार आर्थिक बर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका छन । सार्वजनिक गरीएको बजेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक बिकास र पर्यटन प्रवर्धनमा जोड दिएको पाइएको छ ।
इलामको सूर्योदय नगरपालिकाले जिल्लाका १० पालिका मध्ये सबै भन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको छ । सूर्योदयले १ अर्व ४० करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगर उप प्रमुख दुर्गा कुमार बरालले बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधारमा भन्दा शुसासनका क्षेत्रमा बजेट केन्द्रित भएको जानकारी दिनु भयो । सूर्योदय नगरपालिका यस अघि नै आर्थिक बिकास तर्फ देशकै पहिलो भएको थियो । सार्वजनिक गरीएका नीति कार्यक्रम र बजेट अनुसार शिक्षा, स्वास्थ्य, सामाजिक बिकास , कृषि , पशुपाल र पर्यटन क्षेत्रमा बजेट केन्द्रित छ ।
यस्तै इलाम नगरपालिकाले १ अर्व १४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । देउमाई नगरपालिकाले ८२ करोड ५६ लाख १४ हजार रुपियाँ बराबरको बजेट पारित गरेको छ । माई नगरपालिकाले ६३ करोड ९३ लाख ४६ हजार छ सय रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
माईजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०८२/८३ का लागि ४६ करोड २० लाख ५० लाख ९ सय ९१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । सन्दकपुर गाउँपालिकाले ३३ करोड १० लाख १७ हजार ७ सय ५४ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
यस्तै इलामको चुलाचुली गाउँपालिकाले ४५ करोड ७० लाख १५ हजार आठ सय ३७ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
फाकफोकथुम गाउँपालिकाले ५६ करोड ४९ लाख ८६ हजार पाँच सय ७३ रुपियाँको बजेट विनियोजन गरेको छ । माङ्सेबुङ गाउँपालिकाले ४८ करोड ७३ लाख १० हजार आठ सय २३ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । रोङ गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरे राती अबेर सम्म बजेट सार्वजनिक गर्न सकेको छैन ।

TOP