Hamropalika menu advertisement

इलाममा ट्राफिक सप्ताहको समापन(फोटो फिचर)

  • प्रकाशित मितिः August 25, 2026
  • हाम्रो पालिका
इलाममा ट्राफिक सप्ताहको समापन(फोटो फिचर)

फिक्कल: ट्राफिक सप्ताह, लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध सप्ताहव्यापी कार्यक्रमको समापन इलाम नगरपालिका ७ स्थित गौतम बुद्ध सभा हलमा सम्पन्न भएको छ ।इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षता तथा जिल्ला संमन्वय समिति इलामका प्रमुख जय प्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख, वडा अध्यक्ष तथा वडा प्रतिनिधी, उद्योग वाणिज्य संघ इलामका पदाधाकारी एंव यातायात ब्यवशायी, आमा समुह एंव बिभिन्न क्लबका पदाधिकारी, संचारकर्मी बिभिन्न बिद्यालयका शिक्षक एंव बिद्यार्थी एंव स्थानियको उपस्थितिमा ¥याली सहित गौतम बुद्ध सभा हलमा गई कार्यक्रम समापन भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले कार्यक्रम माथी प्रकास पार्नु भयो ।कार्यक्रममा लागु औषध बिरुद्धको बिषयमा चेतना नाट्य् समुह र परिवर्तन नाट्य् समुहले नाटक प्रस्तुत गरेका थिए ।जिल्लामा सप्ताहको अवसरमा साता ब्यापी कार्यक्रम संचालन गरीएको थियो ।

 

TOP