इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अन्तराट्रिय साहित्य सम्मेलन हुँने भएको छ । सूर्योदय नगरपालिका नगर साहित्य , कला तथा संगीत प्रतिष्ठानको आयोजनामा आगामी जेठ १५ र १६ गते नेपाल तथा भारतका साहित्यकारको उपस्थितिमा अन्तराट्रिय साहित्य सम्मेलन हुँने भएको हो ।
नगरले आज पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती भूपाल राई हितका साहित्यकारको सहभागीता रहने छ ।
१५ गते फिक्कल बजारमा प्रभावफेरी सहित कार्यक्रम उद्घाटन गरीने नगरका शिक्षा शाखा प्रमुख तथा नगर साहित्य , कला तथा संगीत प्रतिष्ठान सदस्य सचिव योगनिधी भट्टराईले जानकारी दिनु भयो । उहाका अनुसार उक्त दिन स्थानीय साहित्यकारले कविता वाचन गर्ने छन । सोहि दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिव प्रसाद अधिकारीको उपस्थितिमा ‘दिगो बिकासका लक्ष्यलाई स्थानीयकरण’ शिर्षकमा बहस कार्यक्रम आयोजना गरीएको छ ।
दोस्रो दिन १६ गते भारतको सिक्किमm दार्जिलिङ, मिमिर तथा काठ्माण्डौ, मोरङ, सुनसरी, झापा, इलाम , पाँचथर र ताप्लेजुङका साहित्यकारले कविता वाचन गर्ने कार्यक्रम छ । सोहि दिन साझ गजल बाचन कार्यक्रम समेत आयोजना गरीएको छ ।
उक्त दिन ‘सूर्योदयको साहित्यको बिकास र राष्ट्रिय साहित्य सम्बन्ध’ शिर्षकमा बहस हुने छ ।डाक्टर अमर न्यौपाने, प्राज्ञ राजन मुकारुङ र साहित्यकार कुलप्रसाद ढकाल बिच उक्त बहस कार्यक्रम हुने छ ।
नगर उप प्रमुख तथा नगर साहित्य , कला तथा संगीत प्रतिष्ठान अध्यक्ष दुर्गाकुमार बरालले नेपाली भाषा साहित्य, कला र संस्कृतिको बिकासका लागि नगरले उक्त कार्यक्रम गरेको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘पश्चििमी संस्कृतिले हाम्रो भाषा , संस्कार माथी नकारात्मक प्रभाव पारी रहेको बेला हामी त्यसको बचाउमा लागेका हौ।’
कार्यक्रम सम्पन्न गर्नका लागि नगरले बार्षिक स्वीकृत कार्यक्रममै छ लाख ५० हजार रुपियाँ बिनियोजन गरेको छ । उक्त पत्रकार सम्मेलनमा नगर प्रमुख रण बहादुर राईले दिगो बिकासका लक्ष्यमा आधारित रहेर नगरले काम गर्दै गर्दा साहित्य क्षेत्र ओझेल परेकाले यस्ता कार्यक्रम गर्न जरुरी भएको बताउनु भयो । उहाले भन्नु भयो‘छिमेकी भारत संग हाम्रो भाषा, संस्कृति रहनसहन र पर्यापर्यटन जोडिएको छ, यो कार्यक्रमले चौतर्फी रुपमा सहकार्यका ढोका खोल्ने अपेक्षा गरेका छौ।’
कार्यक्रममा भारतका साहित्यकार सविता संकल्प, नरेन्द्र गोर्खा, डिएल प्रधान, प्रविन खालिङ, कमल तामाङ लगायतको सहभागिता रहने छ ।
सोहि कार्यक्रमको अवसरमा जेठ १७ गते साहित्यकार कविता राई गाउँलेको ‘फाटकमा घाम’कविता सग्रहको बिमोचन समेत आयोजना गरीएको छ ।
जेठ १५ र १६ गने इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा ‘थुम्के साहित्य महोत्सव’आयोजना गरीने भएको छ । साहित्य महोत्सवको अवसरमा साहित्य, चिया र दुधका बिषयमा बहस कार्यक्रम राखीएको छ । गोरखापत्र अनलाईनबाट