जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

चलचित्र पत्रकारको राष्ट्रिय भेला अन्तुमा भोली देखि शुरु हुँदै

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
चलचित्र पत्रकारको राष्ट्रिय भेला अन्तुमा भोली देखि शुरु हुँदै

फिक्क्ल:  चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिको आयोजनामा संघको २६ ‍औं स्थापना दिवशको अवसर पारी सिनेमामार्फत पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ इलामको श्रीअन्तुमा हुने चलचित्र पत्रकारहरुको दोस्रो राष्ट्रिय भेलाको तयारी पूरा भएको छ । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको संयोजन र चलचित्र पत्रकार संघ नेपाल, इलाम, झापा, मोरङ र सुनसरी शाखाको व्यवस्थापनमा गरिने कार्यक्रम आज ६ गतेदेखि ९ गतेसम्म हुँदैछ ।
दोस्रो राष्ट्रिय भेलामा ७ जना चलचित्र पत्रकारलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।
जस अन्तर्गत पत्रकार ध्रुब लम्साललाई राष्ट्रिय चलिचित्र पत्रकारिता रजत सम्मान(२०८२, विष्णु सुवेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान(२०८२, नरेन्द्र बस्नेत ९कोशी० लाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान(२०८२, जीवन कुमार पराजुलीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार(२०८२ र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार(२०८२ प्रदान गरिँदैछ । रजत सम्मान प्राप्त गर्ने पत्रकारलाई जनही नगद ५५ हजार ५ सय ५५, पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारलाई जनही नगद ५१ हजार प्रदान गरिन्दैछ ।
त्यस्तै पत्रकार रश्मी थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार(२०८२ र तुलसी प्रसाद निरौला ९कोशी० लाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार(२०८२ प्रदान गरिन्दैछ । प्रोत्साहन पुरस्कार र मोफसल पत्रकारिता पुरस्कारको राशी जनही २५ हजार रहेको छ । सम्मानित तथा पुरस्कृत पत्रकारहरुलाई भोलि हुने समुद्घाटन समारोका प्रमुख अतिथिद्वारा प्रदान गरिन्दैछ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी बरिष्ठ कलाकार बसुन्धरा भूसाल, नायक शिब श्रेष्ठ, कलाकार गौरी मल्ल, अभिनेता दिपकराज गिरी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्दशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र निर्माता पुनम क्षेत्री, निर्देशक तथा कोरियोग्राफर रेनासा वान्तावा राई, निर्माता प्रज्वल राणा, निर्देशक मिलन चाम्स, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्माता प्रेम कुमार श्रेष्ठ लगायतको उपस्थिति हुँदैछ ।
भेलामा सिनेमा पर्यटन महोत्सव कार्यशाला मिडिया मन्थन सिनेमा संवाद र अन्तरक्रिया कार्यक्रम हुने संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए ।

TOP