प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलामकी एन्जिला तुम्बापो नेपाली राष्ट्रिय टोलीको कप्तान

  • प्रकाशित मितिः October 12, 2026
  • हाम्रो पालिका
इलामकी एन्जिला तुम्बापो नेपाली राष्ट्रिय टोलीको कप्तान

इलामः खेलकुद क्षेत्रमा बेग्लै पहिचान बोकेको इलामले थुप्रै खेल्लाडी जन्माएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल जगतमा नेपालको शिर उच्च राख्ने काम खेल्लाडीले गरेका छन् । तिनै खेल्लाडीको भिडमा एन्जिला तुम्बापो सुब्बा पनि एक हुन् । इलामको सूर्योदय नगरपालिका–११ घर भएकी एन्जिलाले यतिबेला महिला साफ च्याम्पियन लिग नेपाली राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी पाएकी छन् ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सोमबार प्रि–म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएको जनाएको छ । नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् ।रेनुकाले घरेलु मैदानको साफ गुमाउने छिन् । ’मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद। त्यो विश्वासलाई गुम्न दिने छैन,’ प्रि–म्याच कन्फरेन्समा एन्जिलाले भनिन् । सन २०१४ मा श्रीलंकामा सम्पन्न भएको एएफसी यु–१४ गल्स रिजनल ट्रफी जित्दा नेपाली गोलपोष्ट एन्जिलाले सम्हालेकी थिइन् । सन २०१४ बाटै राष्ट्रिय टिममा परेकी उनी २ वर्ष बेञ्चमा नै सिमित भइन ।

TOP