प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलामको कुटीडाँडामा कराते प्रशिक्षण सम्पन्न

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
इलामको कुटीडाँडामा कराते प्रशिक्षण सम्पन्न

फिक्कल: इलामको रोङ गाउँपालिका ३ कुटीडाँडामा कराते विधाका काता कुमिते र निर्णायक पूर्नताजकी कार्यक्रम सम्पन्न भएको छ । सितोरियो कराते सङ्घ इलाम र कुटीडाँडा डोजोको आयोजनामा सम्पन्न कराते विधाका काता कुमिते र निर्णायक पूर्णताजकी कार्यक्रम दुई दिन सम्म सञ्चालन भएको हो ।
उक्त कार्यक्रममा इलाम जिल्लाका सम्पूर्ण कराते सिनियर खेलाडी , डोजो प्रशिक्षक र प्रशिक्षकलाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रमले खेलाडी, प्रशिक्षकलाई अहिलेसम्म आएको नयाँ खेलको नियम, नयाँ टेक्निक र काताका सीप सिकाइएको करातेका वरिष्ठ प्रशिक्षक तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख योगेश चाम्लिङले जानकारी दिनु भयो ।
उक्त सिकाइले इलामका कराते खेलाडीलाई आगामी दिनमा खेलमा कौशलता प्रदान गर्न सहयोग पुग्ने चाम्लिङले जानकारी दिनु भयो । कार्यक्रम समापनका अवसरमा रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, उपाध्यक्ष बिष्णुमाया खवास , जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोला लगायतले सहभागीलाई प्रमाणपत्र बितरण गर्नु भयो । गाउँपालिका अध्यक्ष स्याङ्बो कराते प्रशिक्षण कार्यक्रमलाई गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा प्रशिक्षकको रूपमा करातेका वरिष्ठ प्रशिक्षक तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख योगेश चाम्लिङ रहनु भएको थियो। त्यस्तै संघ र महासङ्घका पदाधिकारी’कराते प्रशिक्षक राम राई नरबहादुर खवासले व्यवस्थापन मा भूमिका निर्वाह गर्नुभएको थियो। उक्त कार्यक्रममा ६० जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिएको थियो।
कार्यक्रम संचालन गर्न गाउँपालिकाले सहयोग गर्ने भएको छ भने गाउँपालिका उपाध्यक्ष खवासले नगद १० हजार, खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले तीन हजार नगद र स्थानीय होटल ब्यवसायीले सहुलीयता खेलाडी राख्न सहगोग गरेको आयोजकलेजनाएको छ ।

 

TOP