जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा

फिक्कल: कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलाम जिल्ला २२ पदक सहित तेस्रो भएको छ । बिराटनगरमा सम्पन्न प्रदेश स्तरी १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलामले ६ स्वर्ण,४ रजत र १२ कास्य पदक जित्दै प्रतियोगितामा सहभागी ११ जिल्ला मध्ये तेस्रो भएको हो । प्रतियोतिामा ४६ पदक सहित मोरङ प्रथम र ४४ पदक सहित झापा दोस्रो भएको छ ।
जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले पालिका स्तरीय र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मेहनतका कारण उक्त नतिजा हात परेको बताउनु भयो । दुई बर्ष अघि इलाम ११औ स्थानमा र गत बर्ष ९ औं स्थानमा थियो ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामिण क्षेत्रमा गर्न थालिए पछि पालिका पालिका बिच प्रतिष्पर्धा हुन थालेको छ भने पालिकाले बाािर्षक रुपमै प्रतियोगिताका लागि बजेट राख्न थालेका छन । अध्यक्ष बास्तोलाले भन्नु भयो‘ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामिण क्षेत्रमा गर्न थालेपछि खेलाडी उत्पादनमा उल्लेखीय बृद्धि भएको छ , जसको देखिने गरीको नतिजा यहि हो ।’
बजेटको सधै अभाव हुने जिल्ला खेलकुद बिकास समितिले पालिकाको समन्वयमा ग्रामिण क्षेत्रमा लगेर उक्त प्रतियोतिा गर्दै आएको छ । जिल्लामा पछिल्लो समय खेलकुद बिकास समितिले खेलकुदको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ । यस बर्ष नै जिल्ला खेलकुद बिकास समितिको भवन समेत निर्माण गरीएको छ । बर्सौ देखि जिर्ण रहेको कार्यालयलाई ब्यवस्थित गर्न इलामको टुडीखेल छेउमा एक तलाको पक्की भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
समितिमा बास्तोलाले नेतृत्व लिए पछि खेलकुदका गतिविधि बढेको हो । जिल्ला सदरमुकामा टालटुले रुपमा हुदै आएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलाडी उत्पादन गर्ने मुख्य थलो अहिले बनेको छ । समितिले इलामको सूर्योदय नगरपालिकामा स्वदेशी तथा बिदेशी ओलम्पीयन खेलाडी सहभागी गराएर ओलम्पीयन मिट कार्यक्रम समेत सम्पन्न गरेको थियो । जुन कार्यक्रम सूस्र्योदय नगरपालिकाको ब्यवस्थापन ताथ अध्यक्ष बास्तोलाकै नेतृत्वमा भएको थियो ।
यसैबिच प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट इलामका ६ खेलाडी राष्ट्रिय स्तरको प्रतियोतिाका लागि छनौटमा परेका छन । जसमा तेक्वान्दो तर्फ दिभिना कार्की(४५ केजी)र सोनिम भट्टराई (४४केजी)रहेका छन ।
उसुमा सुनिथी राई , रितिाका राई र दिप्सन नेम्वाङ रहेका छन भने ३००० मिटर दौडमा पुष्पा शेर्मा लिम्बु छनौटमा परेको अध्यक्ष बास्तोलाले जानकारी दिनु भयो ।

TOP