प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

माईजोगमाई अध्यक्ष कपः घरेलु मैदानमा माईजोगमाई सेमी फाईनलमा

  • प्रकाशित मितिः October 12, 2026
  • हाम्रो पालिका
माईजोगमाई अध्यक्ष कपः घरेलु मैदानमा माईजोगमाई सेमी फाईनलमा
डम्बर निरौला ,नयाँबजार:

माईजोगमाई खेलकुद परिषदको आयोजनामा माईजोगमाई गाउँपालिका अध्यक्षकप आज दोस्रो दिनको खेल सम्पन्न भएको छ ।आजको खेल माईजोगमाई गाउँपालिका र संदकपुर गाउँपालिका बिच खेल भएको थियो ।खेलको पहिलो हाफमा माईजोगमाई गाउँपालिकाको तर्फबाट जर्सी नं ७ का खेल्लाडी निशान राईले पहिलो गोल गरेका थिए । पहिलो हाफमा नै जर्सी नम्बर ११ का खेल्लाडी लकुश राईले दोस्रो गोल गरेका थिए ।खेलको दोस्रो हाफमा माईजोगमाईका तर्फबाट जर्सी नम्बर ७ का खेल्लाडी निसान राईले तेस्रो र चौथो गोल गरेका थिए । आफ्नो टिमलाई जितको नजिक लानको लागि संदकपुर गाउँपालिकाको तर्फबाट जर्सी नं १८ का पेम्बा गुरुङले १ गोल गर्दै आफ्नो टिमलाई अगाडी बढाएका थिए । खेलको म्यान अफ द म्याच माईजोगमाई गाउँपालिकाका जर्सी नम्बर ७ का खेल्लाडी निशान राई घोषित भएका थिए । आजको खेल सगै माईजोगमाई गाउँपालिका सेमी फाईनलमा प्रबेश गरेको छ । माईजोगमाई गाउँपालिका आगमी १६ गते हुने सेमिफाईनलमा खेल्ने छ । भोली इलाम नगरपालिका र चुलाचुली गाउँपालिका बिच हुने छ ।

खेलको बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ । उपबिजेता टिमले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछन् । खेलको फाईनल खेल बैशाख १९ गते माईजोगमाई गाउँपालिकाको नयाँबजारको बालागुरु खेलमैदानमा हुने छ ।

TOP