Hamropalika menu advertisement

इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण

  • प्रकाशित मितिः July 29, 2026
  • हाम्रो पालिका
इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण


फिक्कल: इलामको माईजोगमाई गाउँपालिका वडा नं. २ फाटक स्थित नेपाल–भारत दशगजा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले यिन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल (बि.ओ.पि.) जौबारीबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा भारतीय सवारी साधन सहित चिनी लगायत अन्य खाद्य सामाग्री नियन्त्रणमा लिएको हो ।
४ लाख ८६ हजार ७०० रुपियाँ बराबरको सामान पशुपतिनगर भन्सार दाखिला गरीएको सशस्त्र प्रहरी बल इलामका प्रमुख एसपी दोर्ण बिष्टले जानकारी दिनु भयो । सीमा क्षेत्रमा पछिल्लो समय सशस्त्रले कडाई गरेपछि सामान जाउजाउ समेत ठप्प जस्तै छ । लुकाई छिपाई ल्याएको सामान समेत प्रहरीले नियन्त्रण लिने गरेको छ । पछिल्लो समय इलामको गोर्खेबाट प्रहरीले भारतीय रम बरामद गरेको थियो ।

TOP