सूर्योदय ४ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न – Hamropalika
पर्यटन सूर्योदयमा बिज्ञान र ग्रणित प्रदर्शनी सम्पन्न, दुबै बिधामा फिक्कल मा.बि.पहिलो प्रदेश १ जुनियर रेडक्रस जिल्ला सभामा सम्मानित पर्यटन कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता पालिका विशेष शंकर आधारभूत बिद्यालयको ६१ औं बार्षिक उत्सब सम्पन्न पर्यटन इलामका बिद्यालयमा पर्यटन क्लब गठन पालिका विशेष बिज्ञान तथा गािणत प्रदर्शनी सम्बन्धि सूचना प्रदेश १ मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु अर्थ वाणिज्य कोशी प्रदेशबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात अर्थ वाणिज्य मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण पालिका विशेष लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ
Hamropalika menu advertisement

सूर्योदय ४ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न

  • प्रकाशित मितिः December 2, 2023
  • hamro_palika

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नं. ४ मा नेपाली कांग्रेसको वडा अधिवेशन आज सम्पन्न भएको छ ।सबै वडामा वडा अधिबेसन गर्ने नगर समितिको कार्य तालिका अनुसार आज वडा नम्बर ४ को वडा अधिबेसन सम्पन्न भएको हो ।
वडा नं ४ का कार्यवहाक वडा सभापती कृष्ण घिमिरेको सभापतित्व तथा महासमिति सदस्य धन कुमार आलेको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा १ नं क्षेत्रका क्षेत्रीय सभापती तथा प्रदेश सांसद शमशेर राई दुवै प्रदेशका प्रदेशका सभापती मैया लिम्बु , निस्कल राई ,नगर सभापती जीवन नेपाल ,क्षेत्रीय प्रतिनिधि ,नगर सदस्य, महासमिति सदस्य, सहित दलित संघका कार्यवहाक अध्यक्ष भक्त वागदास प्रदेश अधिवेशन प्रतिनिधी , गाउँ कार्य समितिका पधाधिकारी र क्रियासिल सदस्य गरि करिव २ सय बढीको उपस्थिती रहेको थियो।
बिभिन्न नृत्य ,गायन लगायतका सांस्कृतिक कार्यक्रम सहित सम्पन्न उक्त कार्यक्रममा धेरै वटा वडाका वडा सभापतिको समेत उपस्थिती थियो।साथै कांग्रेसबाट निर्वाचित प्रतिनिधको उपस्थितीमा कांग्रेसमा रहेर लामो समय सम्म काम गर्नुहने सिताराम नेपाल, रत्न वहादुर लिम्बु र खड़ग बहादुर बस्नेत साथै नेपाली कांग्रेसवाट वडा नं. ४ मा निर्वाचित वडा सदस्य, जीवनकान्त न्यौपाने, प्रदेश सांसद समशेर राई, बन्धना अधिकारी, उपमेयर दुर्गा कुमार बराल, स्वबियु निर्वाचनमा निर्वाचित सदस्य आकाश खनाल र सुजल अर्याललाई खादा ओडाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो
।वडा सचिव दिपेन्द्र पोखेलले संचालन गर्नु भएको उक्त कार्यक्रम वडा उपसभापती लाल वहादुर वस्नेतले स्वागत तथा उमेश लाप्चाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा राजनितिक , आर्थिक,साथै भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा वोल्ने अधिकांश व्यक्तिले पार्टी सुदृढीकरणको आवश्यकता औंल्याउनु भएको थियो ।

TOP