कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

गजल

  • प्रकाशित मितिः November 9, 2025
  • हाम्रो पालिका
गजल

एन्जीला थामी अर्पना


कत्तिको पसिना बगेको छ, भ्रष्टचारीले बुझ्दै बुझ्दैन
यस्तालाई कुन सजाय दिनु, खबरदारीले बुझ्दै बुझ्दैन॥

उस्तै त हो रुप र अङ्ग आमा, दिदी र अर्की नारीको
यही कुरा खै किन हो, बलत्कारीले बुझ्दै बुझ्दैन॥

शान्त आकाशको छानोमुनी, बस्न चाहन्छ जनताहरु
बारुदसँग खेलिरहने त्यो, बन्दुकधारीले बुझ्दै बुझ्दैन॥

एउटा रोग फैलन्छ, अनि सखापै पार्छ दुनिया
धनी गरिबको कुनै कुरा, महामारीले बुझ्दै बुझ्दैन॥

भन्न त भन्छौ नि हामी, अनेकतामा एकता भनेर
तर किन वारीको आवाज, खोलापारीले बुझ्दै बुझ्दैन॥

TOP