Hamropalika menu advertisement

गजल

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
गजल

एन्जीला थामी अर्पना


कत्तिको पसिना बगेको छ, भ्रष्टचारीले बुझ्दै बुझ्दैन
यस्तालाई कुन सजाय दिनु, खबरदारीले बुझ्दै बुझ्दैन॥

उस्तै त हो रुप र अङ्ग आमा, दिदी र अर्की नारीको
यही कुरा खै किन हो, बलत्कारीले बुझ्दै बुझ्दैन॥

शान्त आकाशको छानोमुनी, बस्न चाहन्छ जनताहरु
बारुदसँग खेलिरहने त्यो, बन्दुकधारीले बुझ्दै बुझ्दैन॥

एउटा रोग फैलन्छ, अनि सखापै पार्छ दुनिया
धनी गरिबको कुनै कुरा, महामारीले बुझ्दै बुझ्दैन॥

भन्न त भन्छौ नि हामी, अनेकतामा एकता भनेर
तर किन वारीको आवाज, खोलापारीले बुझ्दै बुझ्दैन॥

TOP