प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

कवि दिपेन्द्र आचार्यको ‘ब्यापार पृथ्वीको’ लोकार्पण

  • प्रकाशित मितिः October 14, 2026
  • हाम्रो पालिका
कवि दिपेन्द्र आचार्यको ‘ब्यापार पृथ्वीको’ लोकार्पण

फिक्कल: इलामका कवि दिपेन्द्र आचार्यको कविता सग्रह ‘ब्यापार पृथ्बीको’ लोकार्पण गरीएको छ । ६५ वटा कविता समेटेर तयार गरीएको कविता संग्रहको शनिबार सूर्योदय नगरपालिकामा कार्यक्रम आयोजना गरी लोकार्पण गरीएको हो ।
सूर्योदय गजल मञ्चको आयोजनामा भएको लोकार्पण कार्यक्रममा नेपाली साहित्यमा लिला लेखनका अभियान्ता कृष्ण बरालल, साहित्यकार प्रकाश थाम्सुहाङ, चन्द्र गुरुङ, भारतीय कवि डा. कमला तामाङ, सूर्योदय गजल मञ्चका अध्यक्ष योगनीधि भट्टराई , सूर्योदय नगरपालिका सामाजि बिकास समितिका संयोजक डिक बहादुर बम्जन लगायतले कविता सग्रहको सामुहिक रुपमा लोकार्पण गर्नु भयो ।
कार्यक्रममा बोल्दै साहित्यकार बरालले लेखकले जुन सुकै कृति लेख्दा पनि स्थानीयतालाई ध्यान दिनु पर्ने बताउनु भयो । उहाले यहाँको माटो , हावापानी र समाजको चित्रण गर्ने गरी कृतिको श्रृजना गर्नु पर्ने बताउनु भयो ।‘लोकार्पण भएको कविता सग्रहले कति बिद्रोह त कहि समाज रुपान्तरणको ऐना बनेको छ’साहित्यकार बरालले भन्नु भयो ।
कविता सग्रह माथी साहित्यकार साहित्यकार प्रकाश थाम्सुहाङ, चन्द्र गुरुङ, र भारतीय कवि डा. कमला तामाङले समिक्षा गर्नु भयो । साहित्यकार थाम्सुहाङले कविता सग्रहको समिक्षा गर्दै देशमा बढेको बेथिति , भ्रष्टाचार र समाजको यर्थाथ चित्रण कविता सग्रहमा रहेको बताउनु भयो । उहाले भन्नु भयो‘कविता यस्तो हुनु पर्छ भन्ने हामीले होइन, सर्जकको भित्री मनले देखेको कुरालाई आत्मसाथ गर्ने हो।’ भारतीय कवि डा. कमला तामाङले आचार्यको कविता सग्रह ब्यापार पृथ्वीकोले देशमाथी भैरहेको दोहनको चित्रण गरेको बताउनु भयो ।
ब्यापार पृथ्वीको कविता सग्रहका लेखक दिपेन्द्र आचार्यले निक्कै संर्घष पछि किताव बजारमा आएको बताउनु भयो । उहाले २०७९ साल देखि कविता लेखेर अहिले किताव तयार पारेको जानकारी दिनु भयो । ६५ वटा कविता रहेको कितावको मुल्य तीन सय ९९ रहेको छ भने उक्त किताव इन्डिगो इन्क प्रालिले बजारमा ल्याएको छ ।
कार्यक्रममा सूर्योदय नगरपालिका सामाजिक बिकास समिति संयोजक डिक बहादु बम्जन,साहित्यकार दिपक पौडेल , केपी ढकाल, टिंकु भट्टराई ,सूर्योदय गजल मञ्चका अध्यक्ष योगनीधि भट्टराई ,लगायतले आफनो धारण राख्नु भयो । उक्त कार्यक्रममा साहित्यकार लिला अनमोल, कविता राई ‘गाउँले’अभागी थेगुवा लगायतले उक्त संग्रह भित्र रहेका कविता वाचन गर्नु भयो । सर्जक आचार्य भारतमा औपचारीक शिक्षा आर्जन गरी सूर्योदय नगरपालिका ७ को श्रीकृष्णश्रम माध्यमिक बिद्यालयमा बिज्ञान शिक्षकमा कार्यरत रहनु भएको छ ।

TOP