जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

इलामकी एन्जिला तुम्बापो नेपाली राष्ट्रिय टोलीको कप्तान

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
इलामकी एन्जिला तुम्बापो नेपाली राष्ट्रिय टोलीको कप्तान

इलामः खेलकुद क्षेत्रमा बेग्लै पहिचान बोकेको इलामले थुप्रै खेल्लाडी जन्माएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल जगतमा नेपालको शिर उच्च राख्ने काम खेल्लाडीले गरेका छन् । तिनै खेल्लाडीको भिडमा एन्जिला तुम्बापो सुब्बा पनि एक हुन् । इलामको सूर्योदय नगरपालिका–११ घर भएकी एन्जिलाले यतिबेला महिला साफ च्याम्पियन लिग नेपाली राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी पाएकी छन् ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सोमबार प्रि–म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएको जनाएको छ । नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् ।रेनुकाले घरेलु मैदानको साफ गुमाउने छिन् । ’मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद। त्यो विश्वासलाई गुम्न दिने छैन,’ प्रि–म्याच कन्फरेन्समा एन्जिलाले भनिन् । सन २०१४ मा श्रीलंकामा सम्पन्न भएको एएफसी यु–१४ गल्स रिजनल ट्रफी जित्दा नेपाली गोलपोष्ट एन्जिलाले सम्हालेकी थिइन् । सन २०१४ बाटै राष्ट्रिय टिममा परेकी उनी २ वर्ष बेञ्चमा नै सिमित भइन ।

TOP