प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै

फिक्कल: बाढीपहिरो प्रभावित इलामको माईजोगमाई गाउँपालिकाको वडा नं. ६ प्याङका घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको छ । पहिरोका कारण सडक अवरुद्ध भई प्राथामिक स्वास्थ्य केन्द्र सम्म आउन बिरामीलाई असहज भएपछि स्वाथ्यकर्मी घर–घरमा गएर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो ।
प्राथामिक स्वास्थ्य केन्द्र प्याङ्गका प्रमुख डा. अभिषेक देव ठकुरीको नेतृत्वमा खटीएको स्वास्थ्यकर्मीको समुहले बिहिबार प्रभावित क्षेत्रका बासिन्दाका घरमै गएर १०० बढी बृद्धबृद्धालाई सेवा दिइएको छ । आज शुक्रबार पनि घरमै गएर बृद्धबृद्धा , अशक्त र वालवालिकालाई सेवा दिइने डा. ठकुरीले जानकारी दिनु भयो ।
डा. ठकुरी संगै अहेब फुर्लमु शेर्पा, निराजन ढुङ्गेल, गोपाल गौतम , अनमि बिनिता लावती, जेनिशा राई र ल्याव असिस्टेन्ट दिप्ली राई सहितको टोली साबिक प्याङ्ग २ मा गई पहिरो पिडितको घरमा र सम्पुर्ण बिरामीको घर–घरमा गई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।


साथै पहिरो पिडित भक्त बहादुर थेबेलाई प्राथमिक स्वास्थ्य केन्द्र प्याङ्गका सम्पूर्ण कर्मचारी परिवारबाट पाँच हजार आर्थिक सहयोग गरीएको छ । कार्यालयले आज साबिक वडा नं ४ मा गई सेवा सञ्चालन गर्ने जनाएको छ । असोज १८ को बाढी पहिरोमा परी प्याङमा दुई परिवारका ८ जनाको मृत्यु भएको थियो ।

TOP