प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने

फिक्कल: इलामको चुलाचुली गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८३र०८४ देखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । लिम्बू भाषीको बाहुल्यता रहेको चुलाचुलीले बहुसंख्यक स्थानीय मातृभाषाको सम्मान गर्दै आउँदो वर्षदेखि सरकारी कामकाजको भाषा लागू गर्ने भएको छ ।

चुलाचुली गाउँसभाको १८ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आउँदो आर्थिक वर्ष २०८३र०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्बू भाषालाई पालिकाभरी सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेसँगै लिम्बू कामकाजको भाषा बनाउने रबाटो खुलेको अध्यक्ष केरुङले बताए । त्यसका लागि चुलाचुलीले लिम्बू भाषा कामकाजको भाषा सम्बन्धी विधेयक, २०८३ समेत पारित गरको छ ।

‘लिम्बू भाषा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक, २०८३ समेत सभाबाट पारित गरिसकेका छौं’, अध्यक्ष केरुङले भने, ‘यसले यहाँको मातृभाषीहरुको सम्मान हुनुका साथै मातृभाषा संरक्षण र प्रवृद्धर्नमा योगदान पुग्नेमा विश्वस्त छु ।’

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार चुलाचुली गाउँपालिकामा नेपालीपछि धेरै २३ दशमलव ०२ प्रतिशत लिम्बू र त्यसपछि १० दशमलव ८० प्रतिशत वान्तवा भाषा बोल्ने नागरिकहरु छन् । सोही तथ्याङ्कका आधारमा नेपालीपछि लिम्बू भाषा कामकाजको भाषा बनाउन लागिएको अध्यक्ष केरुङको भनाइ छ ।

यता, गत जेठ १२ गतेदेखि मात्र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा कार्यान्वयनमा ल्याएको माङसेबुङ गाउँपालिकाले वान्तवा भाषालाई समेत कामकाजको भाषा बनाउने भएको छ । बुधबार सुरु भएको गाउँसभाको १८ औ गाउँ अधिवेशनमा अध्यक्ष हेमन्त राईले वान्तवा भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार माङसेबुङ गाउँपालिकामा ४१ दशमलव ६७ प्रतिशत लिम्बू र २३ दशमलव ५९ प्रतिशत वान्तवा भाषा बोल्ने नागरिक छन् । सोही तथ्याङ्कको आधारमा सबैभन्दा धेरै नागरिकले बोल्ने लिम्बू भाषालाई माङसेबुङले यसअघि नै सरकारी कामकाजको भाषा घोषणा गरिसको छ । यहाँ एकजना दोभाषे कर्माचारी समेत कार्यरत छन् ।

आउँदो वर्षदेखि वान्तवा भाषा समेत सरकारी कामकाजको भाषा बनाएपछि एक जना वान्तवा भाषिक कर्मचारी समेत नियुक्त गरिने अध्यक्ष राईले बताउनुभयो । दोभासे कर्मचारीले कार्यालय र सेवाग्राहीबीच दोभासेको काम गर्नेछन् ।

TOP