जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

माइजोगमाईमा अध्यक्ष कप फुटबल प्रतियोगिता भोलि देखि शुरु हुदै

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
माइजोगमाईमा अध्यक्ष कप फुटबल प्रतियोगिता भोलि देखि शुरु हुदै

फिक्कल: तेस्रो संस्करणको माइजोगमाई गाउँपालिका अध्यक्ष कप आमन्त्रित अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता भोलिबाट सञ्चालन हुने भएको छ । तेस्रो संस्करणका खेल भोलि बिहिबारबाट शुरु हुने गरी को खेलतालिका सार्वजनिक गरीएको हो ।
उद्घाटन खेल सूर्योदय नगरपालिका र चुलाचुली गाउँपालिका बिच हुने छ । ३१ गतेसम्म सञ्चालन हुने खेलमा इलाम जिल्लाका १० वटै पालिकाको सहभागीता रहने छ ।वैशाख २६ मा आयोजक माइजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिकाबिच पहिलो खेल हुनेछ भने दोस्रो खेल माई नगरपालिका र इलाम नगरपालिका बिच हुने छ । २७ गते पहिलो खेल सन्दकपुर गाउँपालिकासँग देउमाई नगरपालिकाले खेल्ने छ । दोस्रो खेल सूर्योदय नगरपालिका र चुलाचुली गाउँपालिका बिचको विजेताले माङ्सेबुङ गाउँपालिकासँग खेल्ने छ ।
२८ गते रोङ गाउँपालिका, सन्दकपुर गाउँपालिका र देउमाई नगरपालिका बिचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल वैशाख ३१ गते सम्पन्न हुनेछ ।माइजोगमाई गाउँपालिका संरक्षक रहेको खेल माइजोगमाई गाउँपालिका खेलकुद विकास परिषदले प्रत्येक वर्ष आयोजना गरिरहेको छ । तेस्रो संस्करण अन्तर्गत अध्यक्ष कपको विजेता टोलीले नगद २ लाख १ हजार १ सय ११, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता बन्ने टिमले नगद १ लाख ३१ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाणपत्र पाउने माइजोगमाई गाउँपालिका खेलकुद विकास परिषद अध्यक्ष देवेन्द्र पौडेलले जानकारी दिनु भयो ।

TOP