अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस
Hamropalika menu advertisement

कोशी प्रदेश खेलकुद महोत्सव मङ्गलबारदेखि

  • प्रकाशित मितिः January 13, 2026
  • हाम्रो पालिका
कोशी प्रदेश खेलकुद महोत्सव मङ्गलबारदेखि

फिक्कल: ‘प्रथम कोशी प्रदेश खेलकुद महोत्सव’ मङ्गलबारदेखि विराटनगरमा सुरु हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यही फागुन १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा प्रदेशका १४ जिल्लाका खेलाडीले विभिन्न ११ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिइयो । प्रतियोगिताका खेलहरु मोरङ र झापामा खेलाइने छन् ।

प्रतियोगिताअन्तर्गत महिला फुटबल, एथलेटिक्स, कबड्डी, बाघचाल, टेबलटेनिस (महिला तथा पुरुष), कराते (महिला तथा पुरुष), तेक्वान्दो (महिला तथा पुरुष), सफ्ट टेनिस (महिला तथा पुरुष), मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल, डोरीतान प्रतियोगिता, बुद्धिचाल रहेका छन् ।

प्रदेशका सामाजिक विकासमन्त्री एवं बोर्डका अध्यक्ष पाँचकर्ण राईले कर्णाली प्रदेशमा आगामी चैत २३ गतेदेखि हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बढीभन्दा बढी पदक जित्नु तथा अन्तरराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले १४ जिल्लाका खेलाडी समावेश हुने उक्त महोत्सवले प्रदेशमा रहेको खेलको शून्यतालाई अन्त्य गर्न योगदान पुग्ने धारणा राख्नुभयो । उहाँले प्रदेशमा खेलको प्रवर्द्धन र पहिचान कायम राख्न महोत्सव उपयोगी हुने बताउनुभयो । महोत्सवको उद्घाटन र समापन विराटनगरको सहिद रङशालामा हुने बताइएको छ ।

TOP