जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का

फिक्कल : अर्थ मन्त्रालयले तीन करोड रूपैयाँभन्दा कमका ुटुक्रेु र ुप्राथमिकतामा नपरेकाु आयोजना रोक्का गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले खर्च कटौती गर्न तीन करोडभन्दा कम रकमका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

यसबाट करिब १२० अर्ब रूपैयाँ चालु खर्च बच्ने ती मन्त्रीले जानकारी दिए। बचेको रकम राष्ट्रिय महत्त्व र प्राथमिकताका आयोजना अघि बढाउन खर्च गर्न सकिने ती मन्त्रीले बताए।रोक्का राखिएको आयोजनामा निर्माण व्यवसायलाई भुक्तानी दिन बाँकी भए रकम भुक्तानी भने गर्ने जनाइएको छ।

चालू आर्थिक वर्षको बजेट आउनुअघि राष्ट्रिय योजना आयोगले तीन करोड रूपैयाँभन्दा कम लागतका साना योजनामा संघीय सरकारले लगानी नगर्ने प्रतिबद्धता जनाएको थियो। तर व्यवहारमा त्यस्तै प्रकृतिका सयौं साना योजना बजेटमा समावेश गरिएको पाइन्छ।
टुक्रे आयोजनाहरू उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिन्छन्। यस्ता उपभोक्ता समितिमा राजनीतिक दलका स्थानीय नेताहरूकै पकड रहन्छ। त्यही भएर यस्ता आयोजना स्थानीय नेताको प्रभावमा बजेट दुरूपयोग गर्ने माध्यम बनेका थिए। गाउँ–गाउँमा कार्यान्वयन भइरहेका साना आयोजनामा प्रायः पार्टी कार्यकर्ताहरूले नेतृत्व लिने गर्थे।

TOP