जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण

फिक्कल: इलामको सूर्योदय नगर क्षेत्रका संघ संस्थाले बाढीपहिरो प्रभावितलाई उपलब्ध गराउने गरी सूर्योदय नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेका छन ।बिस्थापित परिवारलाई उपलब्ध गराउने गरी सिनियर टिम फिक्कल, युनाईटेड फिक्कल क्लब, सूर्योदय जेसीज,फिक्कल हस्पिटल, सुब्बा आयुवेद उपचार केन्द्र , अंकुर भेराईटिजबाट जुटाईएको एक लाख बढीको राहत सामग्री नगरपालिकालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
सिनियर टिम फिक्कलले एकमुखे चुलो २० थान, युनाईटेड फिक्कल क्लबले ३० किलोग्रामको २० प्याकेट चामल, सूर्योदय जेसीजले २० थान ब्ल्याङकेट, सुब्बा आयुवेद उपचार केन्द्रले २० थान सिल्भरको कित्लि, फिक्कल हस्पिटलले ४० थान स्टिलको थाल(डिनर सेट) र अंकुर भेराईटिजबाट स्टिलको खण्डे थाल २० थान गरी एक लाख बढीको सामग्री नगरलाई हस्तान्तरण गरेको सिनियर टिम फिक्कलका सरण फागोले जानकारी दिनु भयो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा सबै संस्थाका पधाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले बिपतको यो समयमा सबैको सहयोगको खाचो रहेको बताउनु भयो । उहाले संघ संस्था र युवाले गरेको कामको प्रशंसा गर्नु भयो । उप-प्रमुख दुर्गा कुमार बरालले संघ, संस्था र युवाले गरेको सहयोगले नगरलाई थप काम गर्न हौसला मिलेको बताउनु भयो ।
हस्तान्तरण गरिएको सामग्री पारदर्शी ढंगले पीडितलाई वितरण गर्न युवाले नगरलाई सुझाव दिएका छन । नगरले उक्त सामग्री सहित नगरको राहत प्याकेज थप गरी आजै वडामा पठाएको छ ।असोज १८ गते को अविरल वर्षाका कारण नगर क्षेत्रमा ४५ बढी परिवार बिस्थापित भएका थिए भने पाँच जनाको मृत्यु भएको थियो । नगरले प्रभावितलाई राहत बितरण गर्दै आएको छ ।
यसैबिच आजै नगरले सूर्योदय नगरपालिका वडा नं. ९ की पहिरोमा परी मृत्यु भएकी सतमा लामाका परिवारलाई दुई लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । नगर प्रमुख राई, उप-प्रमुख बराल , ९ नं.का वडाध्यक्ष देवेन्द्र शर्मा सहितको टिम घरमै गएर मृतकका श्रीमान सुवर्ण लामालाई चेक हस्तान्तरण गरेको छ । उहाको भारतको मिरिकमा पहिरोमा परेर मृत्यु भएको थियो ।

TOP