जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

फिक्कल–नयाँबजार सडक संचालन

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
फिक्कल–नयाँबजार सडक संचालन

फिक्कल: असोज  १८ गते रातीको बाढीपहिरोले अवरुद्ध भएको इलामको फिक्कल–नयाँबजार सडक संचालनमा आएको छ । मयू खोलाको पानी फिजाए संगै खोला माथीको भागमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएपछि उक्त सडकमा आज दिउसोबाट यातायत संचालनमा आएको हो । उक्त सडक अवरुद्ध भएपछि सुर्योदय नगरपालिका र माइृजोगमाई गाउँपालिका बिच सडक सम्पर्क टुटेको थियो ।
बाढीले मयू खोलाको कल्भट बगाएको थियो भने खोला माथीको सडक पहिरोले क्षतिग्रस्त बनाएको थियो । सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाको ५०÷५० प्रतिशत लगानीमा सडक खोलने काम भएको माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । अस्थाई रुपमा खोलाको पानी फिजाउने र नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएपछि सडक अस्थाई रुपमा संचालनमा आएको सूर्योदय नगरपालिकाका बनवातावरण तथा बिपद ब्यवस्थापन शाखाका संयोजक राजकुमार लिम्बुले जानकारी दिनु भयो । सडक संचालनमा आएपछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिका वडा नं. १ का नागरिकलाई सहज भएको छ ।
उक्त क्षेत्रमा कोशी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री भुपेन्द्र राई , आर्थिक मामिला तथा योजना मन्त्री राम राना, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी , पूर्व मुख्यमन्त्री उद्यव थापा सहितको प्राविधिक टिमले मयू खोला, फिक्कल नयाँबजार सडक र फिक्कल खानेपानीको क्षती बारे स्थलगत निरीक्षण गरेको थियो । निरीक्षण पछि प्रदेश सरकारले मयू खोलामा एक साता भित्रमा अस्थाइृ पुल निर्माण गर्ने र क्षती गस्त सडक संचालन गर्ने भएको मन्त्री राईले जानकारी दिनु भयो ।
उक्त सडक संचालन गर्नका लागि सूर्योदयका नगर प्रमुख रण बहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल , माईजोगमाइृ गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई लगायतका जनप्रतिनिधि र कर्मचारीले २१ गते देखि नै पहल थाल्नु भएको थियो ।


उक्त सडकमा पक्की पुल निर्माणका लागि कोशी प्रदेश सांषद तथा पूर्व मन्त्री खिनु लङ्वा लिम्बु, प्रदेश सांषद बन्दना अधिारी(खगेश्वरी)ले समेत पहल गर्दै आउनु भएको छ । उक्त खोलामा प्रदेश सरकारको लागनीमा पक्की पुल निर्माण गरिने छ । फिक्कल नयाँबजार सडक समेत प्रदेश सरकारकै लगानीमा कालोपत्रे भएको थियो ।
यसै बिच बाढी पहिरोले क्षति गरेपछि सडक सम्पर्क टुटेको देउमाई नगरपालिकाले इलाम सम्म सडक संचालनमा ल्याएको छ । यस्तै सन्दकपुर गाउँपालिकाले पनि सदरमुकाम जोडिने सडक संचालनको अवस्थामा ल्याएको छ । क्षतिभएका ठाउँमा पालिका सहित नेपाली सेना र शसस्त्र प्रहरीले सडक खोलने काम गरीरहेका छन । मेची राजमार्गको राजदुवालीमा नयाँ ट्रयाक खोलेर सवारी संचालन गर्नका लागि काम भैरहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनु भएको छ ।गोरखापत्र अनलाईनबाट

 

TOP