जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु

प्रेम अधिकारी
पशुपतिनगर(इलाम)

पूर्वी पहाडी जिल्ला मध्ये सुगम जिल्ला मानिएको इलाम जिल्लामा शनिबार रातीको बाढी पहिरोले बितण्डा मच्चाएको छ । शनिबार साझ देखि परेको अविरल बर्षापछिको बाढी पहिरोका कारण जिल्लैभर धनजनको क्षति भएको हो । जिल्लाका अधिकांश स्थानमा पहिरो गएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या बढ्दै जाने अनुमान गरिएको छ ।
जिल्लाको इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङ्सेबुङ गाउँपालिकाका थोरै घर पहिरोले बगाउदा धेरै मानिसको मृत्यु भएको छ । रातको समय र सुतेको समय भएका कारण क्षति भएका घर थोरै भएपनि मृत्यु हुनेको संख्या धेरै भएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनु भयो ।
जिल्लामा आइतबार साझ सम्ममा ३७ जनाको बाढी पहिरोमा परी मृत्यु भएको छ । जिल्लाको सूर्याेदय नगरपालिका १, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका ६, घोसमा ६ जनाको मृत्यु भएको छ । देउमाई नगरपालिकामा ८ जनाको मृत्यु भएको छ । त्यस्तै माइजोगमाई गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । पहिरोमा परी सन्दकपुर गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । जिल्लाको माङ्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ भने फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा फाकफोकथुम ३ रातमाटेका २८ बर्षीय सुरेश लिम्बु, सूर्योदय नगरपालिका १ मानेभञ्याङका ६५ बर्षीय मनमाया क्षेत्री , सोहि ठाउका १० बर्षीय बस्मिका क्षेत्री , दोलखा जिल्लाका ४५ बर्षीय दिप बस्नेत, दोलखाकै ४४ बर्षीय भवानी बस्नेत र दोलखाकै १२ बर्षीय दिब्या बस्नेतको पहिरोले पुरिएर मृत्यु भएको छ । उहाहरु दशै मनाउन आफन्तकोमा आउनु भएको थियो ।
इलाम नगरपालिकामा वडा नं. ६ का २३ बर्षीय समिर देउजाली , २३ बर्षकै प्रविण तामाङ, २३ बर्षकै बिराज पाख्रिन, झापा अर्जुनधारा ६ की ३२ बर्षीय अनु तामाङ, माईनगपालिका ५ का ८ बर्षिय प्रिन्सिखा मगर, अर्पुनधारा ६ का तीन बर्षिय बालक आवास दनुवारको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
यस्तै देउमाई नगरपालिका ५ का २२ बर्षीय रोशन लिम्बु, २२ बर्षकै बेबिसा राई , ३० बर्षीय दिपक लिम्बु, २७ बर्षीय ऋषिका लिम्बु, १ण् बर्षिय दिपिस्का लिम्बुको पहिरोमा पुरीएर मृत्यु भएको छ ।
यस्तै पहिरोमा पुरिएर माङसेबुङ गाउँपालिका १ पार्टीगाउँमा गएको पहिरोमा परी पाँचथर फात्तेपका ९ बर्षिय सौजन लिम्बु, ११ बर्षका सौगात लिम्बुको मृत्यु भएको छ । यस्तै माङसेबुङ १ का ५७ बर्षीय कृष्णा माया लिम्बु , ५ण् बर्षीय माया लिम्बु, पाँचथर मिक्लाजुङ ६ का १७ बर्षीय नेहा राईको उक्त पहिरोमा परी मृत्यु भएको छ ।
यस्तै सन्दकपुर गाउँपालिका १ मा ४३ बर्षीय भिम बहादुर राई , ६६ बर्षीय हरिमाया राई , ४७ बर्षीय देवी राई , ५४ बर्षीय शेखर राई , ७४ बर्षीय सारदा रडाई , र ४८ बर्षीय तारादेबी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी एक नारायण कोइरालाले जानकारी दिनु भयो ।
इलामको माईजोगमाई ६ प्याङमा देउमाई ३ का २८ बर्षीय कृष्ण मगर, माईजोगमाई ६ का २८ बर्षीय किरण देवे , १८ बर्षीय मनमाया थेवे, तीन बर्षीय मुनुसाा थेवे , ८२ बर्षीय बर्मालाल सोङ्मी , ७० बर्षीय बुद्धमाया सोङ्मी, ४६ बर्षीय धनबल सोङ्मी , ४२ बर्षीय सरला सोङ्मी , १४ बर्षीय प्रकृति सोङ्मीको घरमै सुतेको अवस्थामा पहिरोमा पुरिएर मृत्यु भएको छ ।
इलाम नगरपालिका ६ बालन गाउँका ४८ बर्षीय महेन्द्र लिम्बु वेपत्ता हुनु भएको छ । घाईते ८ जना मध्ये तीन जनाको उद्धार गरीएको छ । पाँचजना घाईते सन्दकपुर गाउँपालिकाका बिभिन्न स्थानमा अलपत्र अवस्थामा छन । पैदलमार्गबाट उद्धार गर्न नसकिए पछि हेली मगाईएको भए पनि प्रतिकुल मौषमका कारण हेली आउन नसकेको प्रजिअ नेपालले जानकारी दिनु भयो । माङ्सेबुङमा गर्भवती सहित तीन जनाको नेपाली सेनाको हेलीबाट उद्धार गरी धरान लागिएको छ ।
प्रजिअ नेपालले जिल्लाभर उद्धारको काम जारी रहेको जानकारी दिनु भयो । उहाले जताततै पहिरोले सडक बगाएका कारण तत्काल उद्धारका लागि प्रहरी पुग्न नसकेको जानकारी दिनु भयो । प्रजिअ नेपालले भन्नु भयो‘नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरी जिल्लाभर खटाएका छौ, तर भित्री सडकमा समेत पहिरोका कारण जान सक्ने अवस्था छैन ।
प्रजिअ नेपालले क्षतिको बिवरण आइसक्न समय लाग्ने जानकारी दिनु भयो । बिद्युत सेवा समेत अवरुद्ध भए पछि धेरै ठाउमा संचार सम्पर्क समेत हुन सकेको छैन । चाडबाडको समय भएका कारण धेरै जसो स्थानमा स्थानीय सुतिनसकेका कारण पनि जोगिन सफल भएका छन । इलामको सूर्योदय नगरपालिकाका धेरै जसो सजिलो र सम्म भूभागमै पहिरो गएको छ । इलामलाई सुगम जिल्ला मानिन्छ । जसले गर्दा पनि बाढी पहिरोको जोखिम नरहेकोमा धेरै स्थानीय ढुक्क थिए । इलामको माईजोगमाई ६ प्याङका नरेश थेवेले सम्म परेको जमिनमै पहिरो गएर छिमेकीको परिवार सखाप भएको जानकारी दिनु भयो ।
रातको समयमा संगै सुतेका परिवारका सदस्यको सुतेकै अवस्थामा सव फेला पारिएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले बाढीका कारण गाउँपालिकाको प्रशानिक भवनमा समेत असर गरेको बताउनु भयो ।
लगातारको बर्षा पछिको बाढी पहिरोले जिल्लाभरकै जनजिवन अस्तब्यस्त बनेको छ । मुख्य राजमार्ग ठप्प छ भने सहायक राजमार्ग समेत अवरुद्ध बनेका छन । मेचीराजमार्गको राजदुवाली सडक खण्डमा पहिरो गएपछि इलाम, पाँचथर, ताप्लेजुङ र झापाको यातायत सम्पर्क टुटेको छ । इलामकै जोगमाई हाइड्रोपावरको सबै संरचना बाढीले बगाएको छ । इलाममा बिद्युत सेवा समेत पूर्ण रुपमा अवरुद्ध बनेको छ । बिद्युत प्रधिकारण इलामका प्रमुख बिजुली प्रसाद यादवले बिद्युत सेवा सुचारु हुन केहि दिन समय लाग्ने जानकारी दिनु भयो ।

 

TOP