जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

जिर्मले लिगको तेश्रो हप्ता सकियो

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
जिर्मले लिगको तेश्रो हप्ता सकियो

गोबिन्द पोडेल-रोङ:  फुटबल खेलको बिकासको लागि खेलाउन थालिएको जिर्मले फुटबल लिगले तेश्रोहप्ता पार गरेको छ । हरेक शुक्रबार र शनिवारवडाको चारवटा बिभिन्न खेल मैदानमा दुई दुई खेल लगातार नौ हप्तासम्म छत्तिस पटक हुने भएको छ भने हरेक खेलमा उत्कृस्ट खेलाडिलाई वडा भित्रका कर्मचारि,शिक्षक हरुले नगद पुरस्कार प्रदान गर्ने गरेको वडा सचिव खगेन्द्र खतिवडाले बताए ।
वडाको लामिटार,कुवापानी,सलकपुर र रम्भ्याङको खेलमैदानमा आलोपालो गरि खेलाईने जिर्मले लिग हालसम्म रम्भ्याङ बाहेकको खेल मैदानमा खेलाईएको छ भने रम्भ्याङको खेलमैदानको सामान्य मरमत पछि खेल हुने छ ।फुटबल खेल बिकासको लागि वडाले चालु बर्षमा एकलाख पचास हजार रकम बिनियोजन गरिएपनि खेल सम्पन्न गर्न रकम अपुग हुने निश्चित देखिएको छ ।
जसको लागि सहयोगिहरुवाट सामान्य सहयोग हुन पनि थालेको खतिवडाले बताए ।वडाको खेल बिकासको लागि वडा स्तरमा स्थानिय सरकारले पहल गरेको पहिलो अभ्यास नमुनाकारी नै रहेको खेल बिश्लेसकहरुले गरेका छन् ।

TOP