जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

माईजोगमाई अध्यक्ष कपः घरेलु मैदानमा माईजोगमाई सेमी फाईनलमा

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
माईजोगमाई अध्यक्ष कपः घरेलु मैदानमा माईजोगमाई सेमी फाईनलमा
डम्बर निरौला ,नयाँबजार:

माईजोगमाई खेलकुद परिषदको आयोजनामा माईजोगमाई गाउँपालिका अध्यक्षकप आज दोस्रो दिनको खेल सम्पन्न भएको छ ।आजको खेल माईजोगमाई गाउँपालिका र संदकपुर गाउँपालिका बिच खेल भएको थियो ।खेलको पहिलो हाफमा माईजोगमाई गाउँपालिकाको तर्फबाट जर्सी नं ७ का खेल्लाडी निशान राईले पहिलो गोल गरेका थिए । पहिलो हाफमा नै जर्सी नम्बर ११ का खेल्लाडी लकुश राईले दोस्रो गोल गरेका थिए ।खेलको दोस्रो हाफमा माईजोगमाईका तर्फबाट जर्सी नम्बर ७ का खेल्लाडी निसान राईले तेस्रो र चौथो गोल गरेका थिए । आफ्नो टिमलाई जितको नजिक लानको लागि संदकपुर गाउँपालिकाको तर्फबाट जर्सी नं १८ का पेम्बा गुरुङले १ गोल गर्दै आफ्नो टिमलाई अगाडी बढाएका थिए । खेलको म्यान अफ द म्याच माईजोगमाई गाउँपालिकाका जर्सी नम्बर ७ का खेल्लाडी निशान राई घोषित भएका थिए । आजको खेल सगै माईजोगमाई गाउँपालिका सेमी फाईनलमा प्रबेश गरेको छ । माईजोगमाई गाउँपालिका आगमी १६ गते हुने सेमिफाईनलमा खेल्ने छ । भोली इलाम नगरपालिका र चुलाचुली गाउँपालिका बिच हुने छ ।

खेलको बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ । उपबिजेता टिमले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछन् । खेलको फाईनल खेल बैशाख १९ गते माईजोगमाई गाउँपालिकाको नयाँबजारको बालागुरु खेलमैदानमा हुने छ ।

TOP