पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

तेरो सगरमाथा

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
तेरो सगरमाथा

दिपेन्द्र आचार्य


थुन्सेभरी जुन बोकेर
वैशाख जेठतिर
शीतल बाड्ने मेरी आमा
जब माघ कठ्याङ्रीन्छ नि !
काखभरी भर्भराँउदो आगो ल्याँउछिन्
र भन्छिन् मेरो काख ताप्दै गर बाबू
बुवा छिट्टै घाम लिएर फिर्नुहुन्छ ?

बुवा दुबई जानु भा हो आमारु
त्यहाँ त निकै तातो घाम पो हुन्छ रे निरु

हो बाबू१
त्यहाँको घाम कति धेरै तातो हुन्छ रे भने नि१
सगरमाथा छैन रे त्यो देशमा
घामले पग्लिएर१

हो र आमा बुवा कसरी बाँच्नुहुन्छ त त्यो देशमारु
जीँउदै त फिर्नु हुन्छ नि बुवारु

सगरमाथा भएको तेरो शीतल देशमा
मन मुटुभरी भरी ज्वालामुखीहरु
विस्फोटन भइरहन्छन साँझ बिहान
जीँउदै मृत्युहरु आउँछन्
अनि लान्छन् छोराछोरीहरुलाई
बुढी आमाहरुको आँखाभित्रबाट
ह्वाल ह्वाल बगीरहन्छ्न वेदनाको म्याग्माहरु
अनि तरुनी श्रीमतीको
सिँउदोबाट बगेको रातो लाभाहरुको
इज्जत र सपना पूरा गर्न
आफ्नै सपनाको मृत्युमा
सती गएका श्रीमानहरु
र आमाको चोर औंला समातेर
शिशुकक्षा पुगेका सन्तानहरुको
रहर पूरा गर्न
एक चपरी पुर्ख्यौली माटो
बैंकको चर्को व्याजमा धितो राखी
आफ्नै देशको परित्याग गर्दा
मुटुमा गाडिएको पीडा जस्तै
पोल्ने अनि
पोलीरहने जस्तो छैन बाबू
त्यो देशको घाम।

त्यो देशको घाम त
प्रिय छ बाबू१
जसले तेरो रित्तो कापीहरुमा
सुनौलो अक्षरहरु भर्छन्
तेरो रित्तो निधारहरुमा
उज्यालो भविस्यहरु कोर्छन्
तेरो बुवा नआए पनि
नयाँ नाना बनेर आउँछ दशैंमा
त्यो देशको घाम
यसैले त बाबू
भद्भती पोल्ने त्यो घामले
तेरो बुवाको शरीर
रातो बाकसमा आए पनि
तँभित्र बाचिरहनेछन् तेरो बुवा
जिउँदै रहनेछन् तेरो सगरमाथा ।

TOP