प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

तेरो सगरमाथा

  • प्रकाशित मितिः October 14, 2026
  • हाम्रो पालिका
तेरो सगरमाथा

दिपेन्द्र आचार्य


थुन्सेभरी जुन बोकेर
वैशाख जेठतिर
शीतल बाड्ने मेरी आमा
जब माघ कठ्याङ्रीन्छ नि !
काखभरी भर्भराँउदो आगो ल्याँउछिन्
र भन्छिन् मेरो काख ताप्दै गर बाबू
बुवा छिट्टै घाम लिएर फिर्नुहुन्छ ?

बुवा दुबई जानु भा हो आमारु
त्यहाँ त निकै तातो घाम पो हुन्छ रे निरु

हो बाबू१
त्यहाँको घाम कति धेरै तातो हुन्छ रे भने नि१
सगरमाथा छैन रे त्यो देशमा
घामले पग्लिएर१

हो र आमा बुवा कसरी बाँच्नुहुन्छ त त्यो देशमारु
जीँउदै त फिर्नु हुन्छ नि बुवारु

सगरमाथा भएको तेरो शीतल देशमा
मन मुटुभरी भरी ज्वालामुखीहरु
विस्फोटन भइरहन्छन साँझ बिहान
जीँउदै मृत्युहरु आउँछन्
अनि लान्छन् छोराछोरीहरुलाई
बुढी आमाहरुको आँखाभित्रबाट
ह्वाल ह्वाल बगीरहन्छ्न वेदनाको म्याग्माहरु
अनि तरुनी श्रीमतीको
सिँउदोबाट बगेको रातो लाभाहरुको
इज्जत र सपना पूरा गर्न
आफ्नै सपनाको मृत्युमा
सती गएका श्रीमानहरु
र आमाको चोर औंला समातेर
शिशुकक्षा पुगेका सन्तानहरुको
रहर पूरा गर्न
एक चपरी पुर्ख्यौली माटो
बैंकको चर्को व्याजमा धितो राखी
आफ्नै देशको परित्याग गर्दा
मुटुमा गाडिएको पीडा जस्तै
पोल्ने अनि
पोलीरहने जस्तो छैन बाबू
त्यो देशको घाम।

त्यो देशको घाम त
प्रिय छ बाबू१
जसले तेरो रित्तो कापीहरुमा
सुनौलो अक्षरहरु भर्छन्
तेरो रित्तो निधारहरुमा
उज्यालो भविस्यहरु कोर्छन्
तेरो बुवा नआए पनि
नयाँ नाना बनेर आउँछ दशैंमा
त्यो देशको घाम
यसैले त बाबू
भद्भती पोल्ने त्यो घामले
तेरो बुवाको शरीर
रातो बाकसमा आए पनि
तँभित्र बाचिरहनेछन् तेरो बुवा
जिउँदै रहनेछन् तेरो सगरमाथा ।

TOP